जिसस बर्दियाका उपप्रमुख मान बहादुर विष्टको समलग्नतामा सरकारी जग्गा कब्जा गरेको खुलासा

  ।   २०७९ बैशाख १९, सोमबार १९:५०

संवाददाता, बर्दिया

जिल्ला समन्वय समिति बर्दियाका उपप्रमुख मान बहादुर बिष्टको समलग्नतामा सार्वजनिक, सरकारी जग्गा कब्जा गरी भोग चलन गरिरहेको खुलासा भएको छ ।

सुकुम्बासीको नाममा बस्ती बिस्तार गरि जग्गा धनि ब्यक्तिले जग्गा अतिक्रमण गर्ने योजनाका साथ सार्वजनिक, सरकारी जग्गामा भौतिक संरचना बनाई भाडामा समेत लगाईएको पाईएको छ ।

प्राप्त विवरण अनुसार, बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ९ बैदीचोक (करिब १ सय ५० मिटर दक्षिण) पुर्वपश्चिम राजमार्ग, बबई सिंचाई आयोजनाको नहर सँग जोडिएको क्षेत्रमा सार्वजनिक, सरकारी जग्गा अतिक्रमण गरिएको छ ।

जनप्रतिनिधिकै संमलग्नतामा सार्वजनिक सरकारी जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गरी भाडामा लगाउनु दुखत कुरा भएको स्थानीय बताउँछन ।

नेकपा एमालेका स्थानीय नेता समेत रहनुभएका उपप्रमुख विष्टले सुकुम्बासीहरुलाई झुक्याएर आफ्नो ब्यापार ब्यवसायको लागि सटरवाला घर निर्माण गरेको स्थानीयको दाबी छ । बनगाई गाउँमा विष्टको नाममा दुई विगाह भन्दा बढी जग्गा भएपनि यता सार्वजनिक सरकारी जग्गा कब्जा गरी मिलेमत्तोमा कागजपत्र समेत तयार गरेको स्थानीयको आरोप छ ।

विष्टको भनाई

हामीलाई प्राप्त विवरण अनुसार, हाम्रो समाचार शाखाले उपप्रमुख मान बहादुर बिष्टलाई सम्र्पक गरी सार्वजनिक सरकारी जग्गा अतिक्रमण सम्बन्धमा जिज्ञासा राखेको थियो ।

सोही जिज्ञासाका आधारमा विष्टले भन्नुभयो, ‘म गाउँमै बस्छु, मेरो कुनै समलग्नता छैन । त्यो प्रति ऐलानी जग्गा हो, जस्तो दाङ्गको भालुवाङ्ग क्षेत्रको जग्गा छ । म एमालेको नेता हुँ, माओवादी, काग्रेंस लगायत विपक्षी पार्टीले मेरा विरुद्ध गलत समाचार दिएका होलान ।’

विष्टलाई सोधीएकोे अर्को जिज्ञासाको जवाफमा उहाँले भन्नुभयो, ‘त्यहाँ मेरा आफन्त, छोरा हुन सक्छन््, कोही छैन्न भन्दिन । जंगलको जग्गा हो । भूमिहिन सुकुम्बासी, मुक्तकमैया र अरु धनाढ्य ब्यक्तिहरु पनि त्यहाँ बसेका छन । उनलाई सोध्नुहोस । सबैको ठेक्का म लिन सक्क्तिन ।’

#मान_बहादुर_विष्ट         #जिल्ला_समन्वय_समिति_बर्दिया        #सार्वजनिक_सरकारी_जग्गा

अपडेट…

Next Post

५ बर्षमा लाहुरामले केही गर्न सकेनन् अब त पट्टु थारु नै रोजाइमा छन्: मतदाता

२०७९ बैशाख १९, सोमबार १९:५०
नेपालगन्ज । राप्तिसोनारी गाउपालिकाका अध्यक्ष लाहुराम थारुले जनताको हितमा काम गर्न नसकेको भन्दै अबको रोजाइ माओवादी केन्द्रका नेता पट्टु थारुलाइ मतदान गर्ने मतदाताहरुले बताउन थालेका छन् । राप्तिसोनारीमा यतिखेर नजिकिदै गरेको बैशाख ३० गतेको चुनाव लक्षित घरदैलो कार्यक्रममा सो कुरा मतदाताले बताएका हुन् । गत ५ बर्षमा नेपाली कांग्रेसका तर्फबाट […]