सर्वोच्चमा प्रचण्ड र बाबुरामविरुद्ध रिट दर्ता (के छ, रिटमा) हेर्नुहोस

  ।   २०८० जेष्ठ २८, आईतवार १४:०७

संवाददाता ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेता डाक्टर बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

सशस्त्र युद्धका बालसेना लेनिन विष्टले आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै प्रचण्ड र भट्टराईलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दिनुभएको हो ।

यसअघि विष्टको रिट सर्वोच्च प्रशासनले संक्रमणकालीन न्याय अनुरुप निरुपण हुने भन्दै रिट दरपीठ गरिदिएको थियो । दरपीठविरुद्ध विष्टले दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गत शुक्रबार रिट दर्ता गर्न आदेश दिएको थियो ।

उक्त रिटमाथि ३० जेठमा सुनुवाइको मिति तोकिएको छ । रिटमा दुबै नेतालाई युद्ध अपराधमा मुद्दा दर्ता गरी कारबाही अघि बढाउन माग गरिएको छ । यसक्रममा प्रचण्डको प्रधानमन्त्रीको पदीय हैसियत निलम्बनमा राख्नुपर्ने समेत उहाँको माग छ । आफूहरुलाई अयोग्य लडाकू भनेर अपमान नगर्न पनि आदेश दिनुपर्ने रिट निवेदकको माग छ ।

रिट लिंक । 

अनलाइन खबर डटकमबाट

Next Post

नेता र कर्मचारी जनताको सेवक बन्नुपर्नेमा सांसद किशोर सिंह राठौरको जोड

२०८० जेष्ठ २८, आईतवार १४:०७
संवाददाता, नेपालगंज । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले नेता र कर्मचारी जनताको सेवक बन्नुपर्नेमा जोड दिनुभएको छ । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलद्धारा आयोजना र लुम्बिनी प्रदेश आन्तरिक, कानुन तथा सहकारी मन्त्रालयको सहयोगमा बाँकेको नेपालगन्जमा आज आयोजित सुशासनका लागि साक्षात्कार कार्यक्रममा बोल्दै सांसद राठौरले […]