खजुरामा गठबन्धन उम्मेदवारको संयुक्त प्रचार, बृद्ध देखि सबैमा उत्साह

  ।   २०७९ बैशाख २०, मंगलवार २१:५०


नेपालग । बाँकेको खजुरामा गठबन्धन उम्मेदवारको संयुक्त प्रचार प्रसार तिव्र पारिएको छ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को संयुक्त वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले खजुराका विभिन्न वडामा प्रचार प्रसारलाई तिब्रता दिएका हुन् ।

उक्त गठबन्धनका तर्फबाट खजुरा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओदवादी केन्द्रबाट डम्बर विक ‘तुफान’, नेपाली कांग्रेसका तर्फबाट उपाध्यक्षमा मञ्जु मल्ल उम्मेदवार रहनु भएको छ । निर्वाचन मिति नजिकिएसँगै गठबन्धनका उम्मेदवारको प्रचार प्रसार सशक्त रुपले अगाडी बढेको हो ।

घरदैलो अभियानमा नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता, सर्बसाधारण लगायतको उत्साहजनक सहभागिता हुने गरेको छ । घरदैलो अभियानका क्रममा गठबन्धनका उम्मेदवारले जनताका समस्या टिपोट गर्दै निर्वाचित भएपछि पुरा गर्ने प्रतिवद्धता जनाइरहेका छन् ।

खजुरा गाउँपालिकामा कांग्रेस र माओवादीबीच गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा होमिएका हुन् । खजुरा गाउँपालिकामा नेपाली कांग्रेस र माओवादीले ८ वडा मध्ये ४ वडामा गठबन्धन गरेका छन् । वडा नम्बर १ र ३ मा कांग्रेसले वडा अध्यक्ष तथा २ र ४ नम्बर वडामा माओवादी केन्द्रले वडाअध्यक्षको उम्मेदवार भागबण्डा गरेका छन् । अन्य ४ वडामा भने एकल प्रतिस्पर्धा रहेको छ ।
<span;>गठबन्धनका तर्फबाट संयुक्त निर्वाचन परिचालन कमिटी समेत गठन गरेर चुनावी गतिविधी अगाडी बढाइएको छ । जसको संयोजकमा राजकुमार बिक र सहसंयोजकमा रामजी शर्मा रहनु भएको छ । यस्तै सदस्यमा कांग्रेस र माओबादी केन्द्रका खजुरा गाउँ कमिटि, वडा कमिटि एव भातृ संगठन र शुभेच्छुक संघका सम्पूर्ण पदाधिकारीलाई सदस्यमा राखिएको छ । यसैगरी सचिवालय संयोजकमा दीपबहादुर थापा र सह-संयोजकमा शरद पोखरेल रहनु भएको छ ।

Next Post

संचारिका समुह बाँके द्वारा क्यालेण्डर बिमोचन

२०७९ बैशाख २०, मंगलवार २१:५०
संचारिका समुह बाँके द्वारा क्यालेण्डर बिमोचन नेपालगन्ज । संचारिका समुह बाँकेले बिश्व स्वतन्त्रता दिवशको अवसर पारेर नयाँ वर्ष २०७९ सालको क्यालेण्डर (भित्तेपात्रो) विमोचन गरको छ । मंगलबार इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महतद्धारा नयाँ वर्ष २०७९ को क्यालेण्डरको विमोचन गरिएको थियो । कार्यक्रममा बाँकेमा महिला पत्रकारको संख्या पहिलाको तुलनामा दिनानुदिन […]