अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट सम्मानित गोरखापत्रकर्मी खान र शर्मा

  ।   २०८० पुष २३, सोमबार १४:१२

नेपालगन्ज । गोरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता सिराज खान र बाँके समाचारदाता गोविन्द शर्मालगायत बाँकेका चार जना पत्रकारलाई भारतको बिहार राज्यको वैशालीमा अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट सम्मान गरिएको छ ।

सार्क जर्नलिस्ट फोरम इन्टरनेसनल र मानवअधिकार टुडे वैशालीद्वारा भारतको बिहार राज्यको वैशालीमा युद्ध, शान्ति र मानवअधिकार विषयमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँहरुलाई अन्तर्राष्ट्रिय शान्ति पुरस्कार २०२४ बाट सम्मानित गरिएको हो । सो अन्तर्राष्ट्रिय सम्मेलनका प्रमुख अतिथि मौरिशसका पूर्व उपप्रधानमन्त्री हरेश बुधुकि धर्मपत्नी वरिष्ठ संस्कृतविद सरिता बुधु र बिहार हिन्दी साहित्य संस्था पटनाका अध्यक्ष अनिल सुलभलगायतले पुरस्कार र सम्मानपत्र प्रदान गरेर सम्मानित गर्नुभयो ।

कार्यक्रममा सार्क जर्नलिस्ट फोरम इन्टरनेशनलका अध्यक्ष राजु लामा, बङ्गलादेशबाट आउनुभएका सार्क जर्नलिस्ट फोरमका महासचिव अब्दुर रहमान, दूरदर्शन बिहारका वरिष्ठ पत्रकार राज कुमार नाहर, भारतका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ पदमश्री डा. जितेन्द्रकुमार सिंह, पदमश्री डा. शान्ति राय, पदमश्री राजकुमारी देवी, मानवअधिकार टुडेका सम्पादक शशिभूषण झा, सार्क जर्नलिस्ट फोरम भारत च्याप्टरका अध्यक्ष अनिरुद्ध सुधांशुलगायतले युद्ध शान्ति र मानवअधिकारका बारेमा आआफ्ना धारणा राख्नुभएको थियोे ।

उहाँहरूले विश्वमा शान्ति स्थापना र मानवअधिकारको रक्षाका लागि दक्षिण एसियाली देशका पत्रकार र मानवअधिकारकर्मीले मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

दुई दिनसम्म चलेको सो सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश र मौरिससका दुई सय बढी पत्रकार र मानवअधिकारकर्मीहरुको सहभागिता थियो ।

Next Post

संघीय संसद्का १२ भवन द्रुत गतिमा निर्माण हुँदै

२०८० पुष २३, सोमबार १४:१२
नेपालगन्ज । संघीय संसद्का निर्माणाधीन १२ भवनको काम द्रुत गतिमा भइरहेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि ठूला बैठक कक्षसहित सानाठूला गरी १२ भवन एकै साथ निर्माण अघि बढिरहेका छन् । प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको टोलीले आज सिंहदरबार परिसरमा निर्माणाधीन भवनको अवलोकन गरेको छ । सो अवसरमा सहरी विकासमन्त्री […]