नेपालगन्जबासीलाई संयमित बन्न बाँके माओवादीको अपिल

  ।   २०८० आश्विन १६, मंगलवार २०:५०

नेपालगन्ज । नेपालगन्जमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्वलिन लागेको प्रति चिन्तित हुँदै नेकपा माओवादी केन्द्र बाँकेले नेपालगन्जबासीलाई सम्बोधन गर्दै अपिल गरेको छ । नेकपा माओवादी केन्द्र बाँके समन्वय समितिका अध्यक्ष नरेन्द्र प्रसाद पाण्डे ९जेम्स० सचिव डिल्ली बराल ९अमिर० को संयुक्त हस्ताक्षरित प्रेस बिज्ञप्ति जारी गर्दै सद्भाव खल्बलि नदिन सचेत र सम्यमित बन्न अपिल गर्नु भएको छ ।

सो  विज्ञप्तीमा नेपालगन्जमा १ लाख ४६ हजार भन्दा बढी जनसंख्या भएको विभिन्न जातजातीका मानिसहरुको बसोबास रहेको सुन्दर र शान्त साझा शहर हो । सामाजिक संजाल मार्फत केही अराजक व्यक्तिहरुद्धारा धार्मिक सहिष्णुता खलबलाउने गरी दिएको अभिव्यक्तिका कारण समाजमा पर्न गएको कठिनाईले जनजिवन कष्टकर हुन गएको प्रति दुस्ख व्यक्त गर्दै धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन नदिन तर्फ केन्द्रीत हुन सबै पक्षसँग आग्रह गरेको छ ।

धार्मिक तथा सामाजिक सहिष्णुताकालागी संयमित हुन सबैलाई आग्रह गर्नुका साथै सबैको आस्थामाथी उच्च सम्मान गर्न अपिल गरिएको छ । अगाडि देखापरेका समस्या समाधाकालागी संयमित हुन सबै पक्षलाई आग्रह गरिएको छ ।

नेपालगन्जमा देखा परेको धार्मिक तथा साम्प्रदायिकता खल्बलिने गतिविधिका सम्बन्धमा गृह प्रशासनलाई गम्भीर हुन जरुरी रहेको माओबादी केन्द्रले निष्कर्ष निकाल्दै सो प्रेस नोट निकालेको सचिव बरालले बताउनु भयो ।

नेपालगन्ज बासीहरुलाई सम्यमित भएर अगाडि बढ्न सो प्रेस नोटमा उल्लेख गरिएको छ । सबै धर्मको साझा फुलबारीका रुपमा रहेको नेपालगन्जलाई शान्तिको सहर, सद्भावको सहरमा परिणत गर्न सबैको त्यत्तिकै भुमिका रहेको संयोजक जेम्सले बताउनु भयो ।  मंगलबार ९आज० भएको झडपमा परी घाईते हुने सबैको सिघ्र स्वास्थ्य लाभको कामना बिज्ञप्तिमा गरिएको छ ।       

Next Post

जातजाति वा सम्प्रदायबीचको सम्बन्धमा खलल पुग्ने गतिविधि नगर्न सरकारको आग्रह

२०८० आश्विन १६, मंगलवार २०:५०
काठमाडौ । जातजाति वा सम्प्रदायबीचको सम्बन्धमा खलल पुग्ने गतिविधि नगर्न सरकारले आग्रह गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने काम नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई आग्रह गरेको हो । मंगलबार नेपालगञ्जमा तनावग्रस्त अवस्था सिर्जना भएपछी बसेको मन्त्रिपरिषद्को बैठकले विचार तथा अभिव्यक्ति स्वतन्त्रता लगायत संविधानप्रदत्त मौलिक हकको […]