बाँकेको राप्ती सोनारीमा मनोसामाजिक प्रथम सहायता अभिमुखीकरण

  ।   २०८१ भाद्र ११, मंगलवार १६:३६

नेपालगन्ज,। बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालद्वारा बाँकेको राप्तीसोनारी गाउँपालिकामा मनोसामाजिक प्रथम सहायता अभिमुखीकरण सम्पन्न गरिएको छ ।

तराइका जिल्लाहरूमा हुने भीषण वर्षा र स्थानिय जलमग्नता सम्बन्धी एन–२३ नेपाल प्रत्याशा परियोजना अन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको सहकार्य र यूके एड र स्टार्ट फण्ड नेपालको सहयोगमा राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ९ मा मनोसामाजिक प्रथम सहायता (पीएफए) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । सो अभिमुखिकरण कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा नम्बर १, २, ४, ५ र ६ का जम्मा १७ जना स्वयंसेवकहरू (१४ महिला र ३ पुरुष) ले सहभागिता जनाई अभिमुखीकरण लिनुभयो ।

प्रशिक्षणले मनोसामाजिक प्रथम सहायताको आधारभूत सिद्धान्त र सिद्दान्तहरू, स्थिरीकरण विधिहरू र हस्तक्षेपका लागि लक्षित समूहहरूमा स्पष्टता प्रदान गरेको थियो । सो अभिमुखिकरण कार्यक्रममा बसन्त बीसीले सहजीकरण गर्नु भएको थियो भने बाँके युनेस्को क्लबका कर्मचारीनदीम शाह र अर्पित सिंह लगायतको पनि उपस्थिति रहेको थियो ।

Next Post

माओवादी केन्द्रको सुदूरपश्चिमस्तरीय परामर्श बैठक सुरु

२०८१ भाद्र ११, मंगलवार १६:३६
धनगढी, १२ भदौ । नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदशस्तरीय परामर्श बैठक आजदेखि सुरु भएको छ। भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहने माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशले जनाएको छ। केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श […]