त्रिविको सम्बन्धन नवीकरण गर्न अटेर गर्ने बाँकेका ७ वटा कलेज, क्याम्पस (नामसहित)

नविकरण नभएका क्याम्पस, कलेजहरुलाई त्रिवि नियमानुसार कारबाही गर्ने चेतावनी

  ।   २०८० असार २८, बिहीबार १४:०४

Photo TU File

  • प्रेम विश्वकर्मा, बाँके ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट सम्बन्धन प्राप्त तर सम्बन्धन नवीकरण नगरेका क्याम्पस, कलेजहरुको सूचीमा बाँकेका ७ वटा परेका छन ।

जसमा सीटी कलेज अफ म्यानेजमेन्ट, कलेज अफ एजुकेशन, कलेज अफ म्यानेजमेन्ट, ज्ञानमैत्री कलेज, कैलपाल एकेडेमी फर हेल्थ साइन्स कलेज, नेपालगंज मल्टिपल क्याम्पस, र निम्बल कलेज रहेका छन ।

यी सबै क्याम्पस, कलेजहरु नेपालगंज वरपरका क्षेत्रमा सञ्चालन भई नाम चलेका, चर्चा बटुलेका हुन । जहाँ नीजि क्षेत्रका ब्यक्तिहरुको ठुलो लगानी रहेको छ ।

त्रिविले २७ असार २०८०, मा एउटा सूचना जारी गरी नविकरण नभएका क्याम्पस, कलेजहरुलाई त्रिवि नियमानुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

‘त्रिविबाट सम्बन्धन प्राप्त गरी हाल सञ्चालनमा रहेका क्याम्पस, कलेजहरूलाई गोरखापत्र मार्फत पटक–पटक (मिति २०७९-०९-२० तथा २०७९-१२-२८) सम्बन्धन नवीकरण गर्नका लागि सूचित गरी नवीकरण नगरे किन सम्बन्धन खारेज नगर्ने ? भन्ने सूचना सम्प्रेषण गर्दा पनि सम्बन्धन नवीकरण नगरेका क्याम्पसहरुको सूची प्रकाशित गरिएको छ । त्रिवि सम्बन्धन समितिको निर्णय अनुसार नवीकरण नभएका उक्त क्याम्पसहरूलाई त्रिवि नियमानुसार कारवाही प्रक्रिया अगाडी बढाउने बेहोरा जानकारी गराइन्छ । (पुनश्चः यदि कुनै क्याम्पस नवीकरण प्रक्रियामा भएको भए यथासक्य आधिकारिक निस्सा प्रमाण सहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्नुहुन समेत सूचित गरिन्छ ।)’

त्रिवि द्धारा जारी सूचनामा भनिएको छ ।

  • कलेज, क्याम्पसहरुको नाम हेर्न दिएको लिंकमा जानुहोस । Website LINK

 

सम्बन्धित समाचार :

कहिले पाउँछ, जिल्ला शिक्षा समिति बाँकेले पूर्णता ?

Next Post

नेकपा माओवादी केन्द्र बाँकेले गर्‍यो श्रद्धाञ्जली सभा

२०८० असार २८, बिहीबार १४:०४
सविता चन्द नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जिल्ला समन्वय समिति बाँकेले सीता आमाको फोटोमा अबिर र पुस्प गुच्छा अर्पण गर्दै श्रद्धाञ्जली सभा आयोजना गरेको छ । नेकपा माओवादी केन्द्रका सल्लाहकार तथा प्रधानमन्त्री पुस्पकमल दाहाल (प्रचण्ड) पत्नी समेत रहनु भएकी सीता आमालाई बिहीबार नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले […]

सम्बन्धित समाचार