संबिधान दिवसको अवसरमा नागरिक उत्सव

  ।   २०८१ आश्विन ३, बिहीबार २१:३९

नेपालगन्ज । संबिधान दिवस २०८१ को अवसरमा नेपालगञ्जमा नागरिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । बास नेपालको आयोजनामा बिहिवार नेपालगञ्जको गणेशमान चौकमा नागरिक उत्सव कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्राध्यापक रुद्र प्रसाद तिमिल्सिनाले बिगतमा जारी भएका संबिधानहरुको चर्चा गर्दै २०७२ असोज ३ गते जारी संबिधानलाई बिश्वकै सर्बोत्कृष्ठ संबिधान बनाउनका लागि सरकारमा रहेकाहरु ईमान्दार हुनु पर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै शिक्षाविद् किरण आचार्यले बाँके बासी सुसिल कोईराला प्रधानमन्त्री भएको बेला जारी भएको संबिधानले सबै देशबासीहरुलाई समेटेको बताउनुभयो । कार्यक्रममा बोल्दै बरिष्ठ पत्रकार पूर्णलाल चुकेले एउटा तानाशाहलाई फालेर आएको संबिधानमा टेकेर सयौं तानाशाहहरु नजन्मिन दिनका लागि खवरदारी गर्नुपर्ने बताउनुभयो ।

हरित अभियन्ता हेमन्तराज काफ्लेले नेपालको संबिधान २०७२ बिश्वकै सर्वोत्कृष्ठ संबिधान भएको उल्लेख गर्दै देशको मुल कानुन संबिधान नमान्नु, संबिधान दिवसलाई कालो दिवस मनाउनु अराजकताको उपज भएको बताउनु भयो । बास नेपालका अभिलेखिकरण अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा बोल्दै बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले नेपाली जनताको त्याग, तपस्या र बलिदानबाट आएको संबिधानले सबै नेपालीहरुको भावना समेटेको बताउनु भयो ।

गैर सरकारी संस्था महासंघ नेपाल बाँकेकी निबर्तमान उपाध्यक्ष निर्मला सुनारले धन्यवाद ज्ञापन सहित समापन गरेको कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, सर्बसाधारणहरुको सहभागि थियो ।

Next Post

सेनाका पाल र साहु बने पहिलो रात्री दाैड विजेता

२०८१ आश्विन ३, बिहीबार २१:३९
नेपालगन्ज । नेपालगन्ज १० किमि नाइट रनको उपाधि नेपाली सेनाकाे त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहुले जित्नु भएको छ । संविधान दिवसका अवसरमा बिहीबार राति नेपालगन्जमा भएको रात्री दाैडमा पालले ३१.०७.२१ मिनेटमा दस किलोमिटर दाैड पूरा गर्दै च्याम्पियन बन्नुभएको हो । यसमा सशस्त्र प्रहरी बलकाे नेपाल […]

सम्बन्धित शीर्षक