चिकित्सा शिक्षा : साउन ९ देखि स्नातक तहको प्रवेश परीक्षा, ७२ घण्टा अघिको पिसिआर रिपोर्ट अनिवार्य

  ।   २०७८ असार १६, बुधबार ०८:३१


काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको प्रवेश परीक्षा साउन ९ देखि १३ गतेसम्म गर्ने भएको छ। साउन ९ देखि १३ गतेसम्म विभिन्न शैक्षिक कार्यक्रमको परीक्षा हुने आयोगले जनाएको छ।

आयोगका अनुसार परीक्षामा सहभागि हुन विद्यार्थीले ७२ घण्टा अघिको पिसिआर रिपोर्ट अनिवार्य रुपमा बोक्नु पर्ने छ। पिसिआर पोजिटिभ भएकालाई छुट्टै कोठामा राखेर परीक्षा दिने व्यवस्था गरिने आयोगले जनाएको छ।

आयोगका अनुसार साउन ९ गते एमबिबिएस, १० गते बिडिएस, ११ गते बिएस्सी नर्सिङ, बिएएसएलपी, बि पर्फ्युजन टेक्नोलोजी, साउन १२ गते बिएएमएस, बिएनएस, बिएस्सी एमएलटी, बिएस्सी एमआइटी, बि फार्म, अप्टोमेट्री, बिपिटी र साउन १३ गते बिपिएचको परीक्षा हुने छ।

Next Post

दुई दशकमा बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट २२ जनाको ज्यान गयाे

२०७८ असार १६, बुधबार ०८:३१
बर्दिया | २०५५ सालदेखि अहिलेसम्म बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट २२ जनाको ज्यान गएकाे छ । यस निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले मानव र जनावरबीच द्वन्द्व नरोकिएको र पछिल्लाे सबैभन्दा बढी मानिसको ज्यान गएकाे जानकारी दिनु भयाे । निकुञ्जमा सन् २०१८ को बाघगणना अनुसार वयस्क बाघको संख्या ८७ वटा रहेको थियो […]