डुडुवा पूर्णखोप सुनिश्चितता तथा दिगोपनामा जिल्लाकै पहिलो पालिका

  ।   २०७७ माघ १४, बुधबार ०७:३२

संवाददाता, डुडुवा ।
बाँके जिल्लाको डुडुवा गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपनामा जिल्लाकै पहिलो पालिका बनेको छ ।

पालिकाभित्र रहेका सम्पूर्ण बालबालिकाले सबै किसिमका खोपहरु लगाएपछि पालिकालाई जिल्लाकै पहिलो पूर्णखोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले जानकारी दिनुभयो ।

उहाँका अनुसार डुडुवा पहिला नै पुर्ण खोप गाउँपालिका घोषणा भएपनि दिगोपना नभएकाले मंगलबारदेखि जिल्लाको पहिलो पालिकाको रुपमा दिगोपना भएको हो ।

मंगलवार आयोजित एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले पूर्णखोप सुनिश्चितता तथा दीगोपनाको घोषणा गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाका कुनैपनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित नहुन भनेर विशेष अभियानमुलक कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

उहाँले निशुल्क औषधी उपचार, प्रयोगशाला जाँच, एम्बुलेन्स सेवा, लगायतका स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको भन्दै सेवाबाट बञ्चित भएका नागरिकलाई समेत सेवा उपलब्ध गराएको बताउनुभयो ।

उहाँले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिएर पालिकाले काम गरिरहेको भन्दै स्वास्थ्यका क्षेत्रमा कुनै पनि कमि कमजोरी नहुने गरी र सेवाग्राहीलाई सहज तरिकाले सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन समेत दिनुभयो ।

जन्मदेखि १५ महिनासम्मका १ हजार ४ सय ४१ जना बालबालिकाले नियमित रुपमा सबै प्रकारका खोपहरु प्राप्त गरेको स्वास्थ्य शाखा प्रमुख बुढाले बताउनुभयो ।

गाउँपालिकाको वार्ड नं. १ देखि ६ वडासम्मका १६ देखि २३ महिनाका जम्मा ७ सय ५१ जना बालबालिका नियमित खोप लिनबाट छुटेका थिए ।

ती बालबालिकाहरुलाई पनि घरदैलो गरेर खोप लगाएपछि पालिकाभित्र रहेका उमेर पुगेका सबै बालबालिकाले खोप लिएका छन् । जिल्लाकै पहिलो पूर्णखोप पालिका भएपछि पुर्ण खोप जिल्ला समितिले दिगोपनाको प्रमाणपत्र प्रदान गरेको छ ।

स्वास्थ्य कार्यालय बाँकेका कोल्ड चैन निरीक्षक जनक गिरीले उक्त प्रमाणपत्र पालिका प्रमुख चौधरीलाई हस्तान्तरण गर्नुभएको थियो ।

घोषणा कार्यक्रममा कार्यपालिका सदस्य लिलावति यादव, ढोडे पासी, सुष्मा यादव, सदस्य नेतराम मौर्य लगायतको उपस्थिती रहेको थियो । यही फागुन ३० गतेभित्र बाँके जिल्लालाई पुर्ण खोप तथा दिगोपना घोषणा गरिसक्नुपर्नेछ ।

फागुन १५ गतेभित्र जिल्लाका सबै स्थानीय तहले पुर्ण खोप तथा दिगोपना घोषणा हुन स्वास्थ्य कार्यलय बाँकेका खोप फोकल पसर्न भेषराज शर्माले बताउनुभयो ।

उहाँका अनुसार ३ वटा पालिका पुर्ण खोप र दिगोपना दुबै घोषणा हुन बाकी छन भने ४ वटा पालिका खोपको दिगोपना मात्र घोषणा हुन बाकी रहेका छन ।

#खोप  #दिगोपना #घोषणा

Next Post

सोनपुरमा निर्मित प्रसुती गृह हस्तान्तरण

२०७७ माघ १४, बुधबार ०७:३२
संवाददाता । खजुरा गाउँपालिका वडा नं. ७ सोनपुरमा निर्मित प्रसुती गृह हस्तान्तरण गरिएको छ । सोनपुर स्वास्थ्य चौकी भवन परिसरमा आड्रा नेपालको प्राविधिक र इन्रुडेक कोहलपुरको आर्थिक सहयोगमा निर्माण भएको प्रसुती भवनको कागजपत्र आड्रा नेपालका स्वास्थ्य क्षेत्र टीम लिडर डाक्टर घनश्याम भट्टले खजुरा गाउँपालिकाका कार्यवाहक अध्यक्ष एकमाया विकलाई हस्तान्तरण गर्नुभएको हो […]