श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

  ।   २०८१ आश्विन १४, सोमबार २०:०३

प्रगतिशील वरिष्ठ साहित्यकार एवं शैक्षिक ब्यक्तित्व गिरिराज शर्माको स्मृतिमा श्रद्वाञ्जली कार्यक्रम उहाँको निवास तुल्सीपुर उपमहानगर पालिका १८ मसिनामा सम्पन्न भएको छ ।

मिति १९९७ /२/ १५ गते जन्मनु भएको उहाँको अशोज २ गते निधन भएको थियो । स्व. शर्मा प्रतिनिधि सभाका माननीय सदस्य, नेकपा (माओवादी केन्द्र)का स्थायी समिती सदस्य एवं पुर्ब संचारमन्त्री रेखा शर्माको बुवा, माओवादी केन्द्र स्थायी समिती सदस्य एवं पुर्ब मन्त्री कृष्णध्यज खड्काका ससुरा बुवा हुनुहुन्छ । स्व शर्माको छोरा अन्जन पौडेल र ४ छोरी हुनुहुन्छ । श्रद्वाञ्जली व्यक्त गर्न पुर्ब मन्त्री एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सचिब एवं लुम्बिनी प्रदेशका इन्चार्ज चक्रपाणि खनाल (बलदेव) लुम्बिनी प्रदेशका माननीय सभामुख तुलाराम घर्ती मगर, प्रदेश सभा सदस्य माननीय इन्द्रजित थारु,जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलको नेता कार्यकर्ता , साहित्यकार, विभिन्न संघसंस्थाका प्रतिनिधि स्थानीयहरुको उपस्थिति रहेको थियो ।

नेकपा ( माओवादी केन्द्र)का अध्यक्ष एवं पुर्ब प्रधानमन्त्री पुष्प कमल दाहालले अग्रज साहित्यकार शर्माप्रति श्रद्वाञ्जली व्यक्त गर्नु भएको छ । समबेदना सन्देश पठाउनु हुँदै उहाँले शर्माको निधनले नेपालको कम्युनिस्ट पार्टीलाई नै अपुरणिय क्षती पुगेको जनाउनु भएको छ । जनता माबी बिजौरीबाट अध्ययन सुरु गर्नु भै बनारसबाट आईए सम्मको औपचारिक लामो समय शिक्षण गर्नु भयो । उहाँले प्रदेश सरकारले प्रदान गरेको रत्न पदक द्वितिय लगायत दर्जनौं पुरस्कार प्राप्त गर्नु भएको छ । उहाँको झन्डै दर्जन कृती तथा लेख रचना प्रकाशीत छ ।

पुर्ब मन्त्री एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सचिब एवं लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल (बलदेव), लुम्बिनी प्रदेशका माननीय सभामुख तुलाराम घर्ती मगर, नेकपा (माओवादी केन्द्र) का जिल्ला इन्चार्ज निर्मल आचार्य, नेपाली कांग्रेसका उपाध्यक्ष गिरिराज सुबेदी, नेकपा एमालेका जिल्ला उपाध्यक्ष मनिहर बुढाथोकी, एकीकृत समाजबादीका केन्द्रिय बिभागका बिन बहादुर केसी, पौडेल वंश समाजका रुद्रमणि पौडेल , लेखक संघ दाङका उपाध्यक्ष गोबिन्द पौडेल , मीत भाई नवराज पाण्डेज, संघसस्थाको तर्फबाट चन्द्रराज पन्त , बिमला योगी, जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, नेपाल कम्युनिष्ट पार्टीका सबिन सिराम प्रसाद जैसी, बासुदेव गौतम लगायतले बामपंथी आन्दोलनका अगुवाई र समाज रुपान्तरणमा उहाँले खेलेको भुमिकाको चर्चा गर्दै श्रद्वाञ्जली अर्पण गर्नु भयो । साथै शोकाकुल परिवारजनमा समबेदना व्यक्त गर्नु भयो ।

प्रतिनिधि सभाका माननीय सदस्य, नेकपा (माओवादी केन्द्र)का स्थायी समिती सदस्य एवं पुर्ब संचारमन्त्री रेखा शर्माले शोकको दु:खद घडिमा समबेदना दिनुहुने सबैलाई आभार व्यक्त गर्नु भयो ।

Next Post

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सुर्खेत जिल्ला सम्मेलन सम्पन्न

२०८१ आश्विन १४, सोमबार २०:०३
नेपालगन्ज । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सुर्खेत जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको अध्यक्षता सुर्खेत जिल्ला संगठन समितिका संयोजक प्रकाश आचार्यले गर्नु भएको थियो भने सम्मेलनको उद्घाटन प्रमुख अतिथि पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा ६ न. प्रदेशका इन्चार्ज  प्रेम सुवेदीले गर्नु भएको थियो । आफ्नो उद्घाटन मन्तव्यमा प्रेम सुवेदीले […]