काठमाण्डौमा भीडभाड रोक्न आजदेखि अनुगमन, मास्क नलगाउनेलाई कारबाही

  ।   २०७८ श्रावण १९, मंगलवार ०८:१६

काठमाण्डौ । कोरोना सङ्क्रमण बढिरहे पनि भीडभाड नरोकिए पछि काठमाण्डौ उपत्यकामा अनुगमन हुने भएको छ । अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निषेधाज्ञा अनुगमन समिति गठन भएको छ।

समितिले आजैदेखि उपत्यकामा अनुगमन थाल्ने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार बढी भीडभाड हुने क्षेत्र र सार्वजनिक गाडीलाई प्राथमिकतामा राखेर अनुगमन हुनेछ । अनुगमनका क्रममा मास्क नलगाइएको पाइए कारबाही हुने पनि उहाँले बताउनुभयो ।

ुमास्क नलगाएकाहरुलाई पहिला मास्क लगाउन प्रोत्साहन गर्छौँ, तर फेरि अटेर गरेको पाइए कारबाही हुन्छु उहाँले भन्नुभयो । यस्तै, कोरोना रोकथामका लागि भन्दै काठमाण्डौ उपत्यकामा फेरि निषेधाज्ञालाई लम्ब्याउने तयारी भएको छ ।

यस विषयमा आज बस्ने कोभिड(१९ सङ्कट व्यवस्थापन केन्द्र निर्देशक समिति सीसीएमसीको बैठकमा छलफल हुनेछ । त्यसपछि भोलि बस्ने उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा बारे निर्णय गर्नेछ । काठमाण्डौ उपत्यकामा पछिल्लो पटक थपिएको निषेधाज्ञा भोलि सकिँदै छ ।

Next Post

वरिष्ठ उपाध्यक्ष र प्रशिक्षकबिचको विवाद अब राखेपले छानविन गर्ने

२०७८ श्रावण १९, मंगलवार ०८:१६
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फामा देखिएको पछिल्लो विवादमा अब राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले छानविन गर्ने भएको छ । वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीबिचको विवादमा अब परिषद्ले छानविन गर्ने भएको हो । यसअघि उक्त विवादको छानिवन गरि किनारा लगाईदिन एन्फाको कार्यसमिति बैठकले युवा तथा खेलकुद मन्त्रालयलाई […]