वरिष्ठ उपाध्यक्ष र प्रशिक्षकबिचको विवाद अब राखेपले छानविन गर्ने

  ।   २०७८ श्रावण १९, मंगलवार ०८:२०

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फामा देखिएको पछिल्लो विवादमा अब राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले छानविन गर्ने भएको छ । वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीबिचको विवादमा अब परिषद्ले छानविन गर्ने भएको हो ।

यसअघि उक्त विवादको छानिवन गरि किनारा लगाईदिन एन्फाको कार्यसमिति बैठकले युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गरेको थियो । मन्त्रालयले हिजो यो जिम्मा राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई सुम्पिएको हो । नयाँ सरकार गठन भएलगत्तै युवा तथा खेलकुद मन्त्रालयले मन्त्री विहिन छ ।

मन्त्रालयको कार्यकारी जिम्मेवारीमा रहेका सचिव केदार न्यौपानेले फुटबल विवाद छानविनका लागि राखेपलाई जिम्मेवारी दिनुभएको हो । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गका कारण आफुले राजीनामा दिने घोषणा गर्नुभएको थियो । आफुमाथि गम्भिर आरोप लागेपछि नेम्वाङ्गले छानविनका लागि एन्फामा निवेदन दिनुभएको थियो । लगत्तै प्रशिक्षकले समेत दुई पत्रकार सहित वरिष्ठ उपाध्यक्षमाथि छानविनका लागि निवेदन दिनुभएको थियो ।

यसैबिच, एन्फाका प्रवक्ता किरण राईले पदबाट राजीनामा दिनुभएको छ । उहाँले एन्फाभित्र गलत नजीर स्थापित हुन लागेको भन्दै खबरदारी गर्न राजीनामा दिएको बताउनु भएको छ । प्रवक्ताबाट राजिनामा दिनुभएका राईले विभिन्न पक्षबाट भइरहेका गतिविधिहरु बन्द गर्न आग्रह गर्दै एन्फा निर्वाचनको प्रक्रिया शुरु गर्नुपर्ने मध्यमार्गी प्रस्ताव पनि पेश गर्नुभएको छ ।

Next Post

अफगानिस्तानमा सरकारी सेना र तालिवान विद्रोहीबीच भीषण संघर्ष जारी

२०७८ श्रावण १९, मंगलवार ०८:२०
एजेन्सी । अफगानिस्तानमा सरकारी सेना र तालिवान विद्रोहीबीच भीषण संघर्ष भईरहेको छ । विद्रोहीहरुले हेलमण्ड प्रान्तको राजधानी लस्करगाहमा कब्जा जमाएपछि संघर्ष चर्किएको हो । सरकारी सेनालाई अमेरिकी सेनाले हवाई आक्रमणमा सघाईरहेको छ । लस्करगाहमा तालिवान विद्रोहीहरुले टेलिभिजन स्टेशन समेत कब्जा गरिसकेका छन् भने सर्वसाधारणहरु शहर छाडेर अन्यत्र गईरहेका छन् । […]

सम्बन्धित शीर्षक