बिनैना बासीहरुको बत्ति बाल्ने धोको पूरा भयो

  ।   २०७७ भाद्र १०, बुधबार २२:०२

योगेश पाण्डे

बाँके । लामो समय देखि बत्तिको पर्खाइमा रहेका बिनौना बासीले अब बत्ती बाल्न पाउने भएका छन् । बुधबार राप्तीसोनारी गाऊँपालिका वडा नँ ५ बिनौना स्थित वडा कार्यालय बाट मिटर बक्स जडान कार्य सुरु भएपछी बिनौना बासीहरु बत्ति बाल्न पाउने धोको पुरा भएको हो ।

बुधबार बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज (अथक) को उपस्थितिमा बिनौना वासीलाइ मिटर बक्स जडान प्रक्रिया, विद्युतको प्रयोग तथा उपयोग लगायतका बिषयमा स्थानिय उपभोक्ता बिच अभिमुखिकरण गरिएको थियो । स्थानिय उपभोक्ताहरुलाइ नेपाल विद्युत प्राधिकरण नेपालगन्ज शाखाका प्रमुख लखनलाल मल्लिकले अभिमुखिकरण गर्नु भएको थियो । ठेकेदारको लापरवाहीका कारण राप्तिपारीको बिद्धुतिकरण बिगत लामो समयदेखि कामको ढिलासुस्तीका कारण त्यहाको बिद्धुत बिस्तार कार्य सम्पन्न हुन नसक्दा राप्तीपारीका जनताले सास्ती खेप्नु परेको थियो ।

राप्तिसोनारी क्षेत्रको बिद्धुत सम्बन्धि कार्य गर्नका लागि धामपुर सबस्टेशनमा र नरैनापुर क्षेत्रका लागि मटेहियामा एक हप्ता भित्र बिद्धुतको युनिट कार्यालय स्थापना गरिने नेपालगँज शाखा प्रमुख मल्लिकले जानकारी दिनु भयो । केहीदिन पहिले साँसद अथकको उपस्थितिमा धामपुर सवस्टेशनको जिम्मा कस्ले लिने भन्ने बिषयमा छलफल भएको र उक्त छलफल बाट धामपुर सव स्टेसनको जिम्मा नेपालगन्ज शाखाले लिने सहमित भएको साँसद अथकले जानकारी गराउनु भयो । राप्तीसोनारी गाउपालिका भित्र एल टि लाइन बिस्तार भएको स्थानमा तत्काल बत्ती बल्ने भएपनि बाँकी रहेको अन्य स्थानमा भने यहि आउदो तिहार सम्ममा सम्पुर्ण स्थानमा बत्ती बल्ने शाखा प्रमुख मल्लिकले जानकारी गराउनु भएको छ ।

राप्तिसोनारी वडा नँ ५ मा ८ ठसय जनाले मिटर बक्सका लागि फारम भरिसकेको वडा नँ ५ का वडा अध्यक्ष झगरु थारुले जानकारी गराउनु भयो । आज बिद्धुत प्राधिकरण नेपालगन्ज शाखाका प्रमुख लखनलाल मल्लिकले वडा ५ का वडा अध्यक्ष झगरु थारु लाई मिटर बक्स हस्तान्तरण गरि मिटर बक्स जडान कार्यको सुभारम्भ गरिएको थियो । मिटर बकस जडान कार्यको सुभारम्भ भएपछी स्थानियबासी हर्षित भएकाछन ।

Next Post

दाङ : तुलसीपुर इलाका प्रशासन कार्यालय र स्वास्थ्य चौकी सिल

२०७७ भाद्र १०, बुधबार २२:०२
दाङ । दाङको इलाका प्रशासन कार्यालय तुलसीपुर र स्वास्थ्य चौकी सिल गरिएको छ । तुलसीपुर इलाका प्रशासन कार्यालयका चालकमा कोरोना सङ्क्रमण पुष्टि भएकाले सात दिनसम्म कार्यालय सिल गरिएको नगर प्रमुख घनश्याम पाण्डेयले जानकारी दिनुभयो । यस्तै तुलसीपुर उपमहानगरपालिका ११ को बेलटाकुरामा रहेको स्वास्थ्य चौकी पनि सिल गरिएको छ । स्वास्थ्य […]