नेता र कर्मचारी जनताको सेवक बन्नुपर्नेमा सांसद किशोर सिंह राठौरको जोड

  ।   २०८० जेष्ठ ३०, मंगलवार १४:३६

संवाददाता, नेपालगंज ।

प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले नेता र कर्मचारी जनताको सेवक बन्नुपर्नेमा जोड दिनुभएको छ ।

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलद्धारा आयोजना र लुम्बिनी प्रदेश आन्तरिक, कानुन तथा सहकारी मन्त्रालयको सहयोगमा बाँकेको नेपालगन्जमा आज आयोजित सुशासनका लागि साक्षात्कार कार्यक्रममा बोल्दै सांसद राठौरले नेता र कर्मचारी सेवक भन्दा बढी शासक बन्न खोजेको आरोप लगाउनुभएको हो ।

सांसद राठौरले संघीयतालाई पूर्ण रुपमा कार्यान्वयन गर्न सबै जिम्मेवार बन्नुपर्ने बताउदै देशलाई सम्वृद्धिको बाटोमा लैजान सबै अनुशासित बन्नुपर्ने बताउनुभयो । यसैगरी कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक ज्ञानेन्द्र कुमार चौधरीले समन्वय समितिलाई पूर्ण अधिकार नदिई सौताको छोराको व्यवहार गरेको टिप्पणी गर्नुभयो ।

उहाँले जिल्लाको समग्र अनुगमनको पाटो समन्वयले गर्ने भए पनि त्यसको कुनै औचित्य नभएकाले बिना स्रोत र साधनको समन्वय समिति आफ्नै कार्यकालमा खारेज गर्न समेत माग गर्नुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले योजनाहरु डुब्लीकेशनका कारण भ्रष्टाचार बढेको बताउदै उहाँले योजनाहरु छनौट गर्दा छलफल र समन्वय गरी पारदर्शी ढङ्गले टुङ्गो लगाउनुपर्ने बताउनुभयो ।

विष्टले सुशासन कायम राख्न खर्चको मितव्ययिता अपनाउनुपर्नेमा जोड दिनुभयो । यसैगरी बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आर्चायले अधिकार क्षेत्र र जिम्मेवारी अनुसार काम गरे सुशासन कायम हुने बताउनुभयो ।

उहाँले भेदभाव नगरी सेवाग्राहीलाई छिटो छरितो र पारदर्शि रुपमा सेवा दिने गरेको बताउदै मातहतका कार्यालयहरुलाई पनि आफ्नो काम र कर्तव्यप्रति बफादार भई काम गर्न आग्रह गर्नुभयो ।

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारु, डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा वानो, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, जिल्लामा क्रियाशिल पत्रकार लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा अन्तर सरकार समन्वय, जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध, दरवन्दी अनुसारको कर्मचारी नभएको जस्ता बिषयहरु उठेका छन ।

Next Post

एक दिन ढिला गरी मनसुन प्रणाली नेपाली भुभागमा प्रवेश

२०८० जेष्ठ ३०, मंगलवार १४:३६
संवाददाता । यस बर्षको मनसुन प्रणाली आज नेपालको कोशी प्रदेश, पूर्वी मधेस प्रदेश, बागमति प्रदेशका अधिकांश भूभाग र गण्डकी प्रदेश प्रदेशका पूर्वी भूभागमा आइपुगेको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति १३ जुन हो । यस बर्षको मनसुन भने सरदर मिति भन्दा १ दिन ढिला गरी नेपालमा प्रवेश गरेको हो […]

सम्बन्धित समाचार