संवाददाता ।
यस बर्षको मनसुन प्रणाली आज नेपालको कोशी प्रदेश, पूर्वी मधेस प्रदेश, बागमति प्रदेशका अधिकांश भूभाग र गण्डकी प्रदेश प्रदेशका पूर्वी भूभागमा आइपुगेको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति १३ जुन हो ।
यस बर्षको मनसुन भने सरदर मिति भन्दा १ दिन ढिला गरी नेपालमा प्रवेश गरेको हो । नेपालको अन्य भूभागहरुमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।