मानपुर । बाँकेको जानकी गाउँपालिकाकाे प्रेस सल्लाहकारमा पत्रकार ताहिर शेष (साहिल) नियुक्त हुनुभएको छ ।
गाउँपालिकाकाे शुक्रबार सम्पन्न १२ औं गाउँसभामा साहिललाई पालिकाकाे प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरिएकाे पालिकाले जनाएको छ ।गाउँपालिका अध्यक्ष छब्बन खाँकाे अध्यक्षतामा भएकाे गाउँसभाकाे निर्णय सुनाउँदै वडा न-५ का वडा अध्यक्ष टिकानाथ यादवले गाउँ कार्यपालिकाकाे बैठकले पालिकाकाे प्रेस सल्लाहकारमा शेषलाई नियुक्त गर्ने निर्णय गरेकाे बताउनु भयो ।
शेष न्युज फ्ल्यास खबरका समाचार संयोजक हुनुहुन्छ । यस्तै गाउँपालिकाकाे कानूनी सल्लाहकारमा अधिवक्ता पवन गुप्तालाई नियुक्त गरिएकाे छ । गाउँसभामा राजनीति सल्लाहकार नियुक्त लगायतका निर्णय सुनाईएकाे थियाे ।