सबिता चन्द ठकुरी
बाँके । आगामी चैत २३ गते हुने नेपाल बार एसोसिएसनको निर्वाचनमा डिएलएको तर्फबाट महासचिव पदको उम्मेदवारमा वरिष्ठ अधिवक्ता अरुण पौडेलको दावी रहेको छ । लामो समयदेखि कानुन व्यवसायीको रुपमा सेवा गर्दै आएको हुनाले आफ्नो उम्मेदवारी समय सुहाउँदो भएको भन्ने भनाई उहाँको छ ।
कर्णाली प्रदेश सुर्खेत घर भएका पौडेलको कमर्सियल विषयमा दख्खल भएको मानिन्छ । हालै वरिष्ठ अधिवक्ता हुनुभएका पौडेल सरल स्वभव भएका एक इमानदार कानुन व्यवसायी भएको उहाँका सहकर्मी साथीहरूले बताउने गर्नु हुन्छ । उपत्यकामा रहेर लामो समयदेखि पौडेलले वकालत गर्दै आउनु भएको छ । अन्य कानुन व्यवसायी बीच लोकप्रिय हुनुभएका पौडेल महासचिव पदका अब्बल उम्मेदवार भएको एक कानुन व्यवसायीले बताउनु भयो ।
पौडेलले नेपाल बार एसोसिएसनको २४औँ केन्द्रीय कार्यसमितिको सदस्यमा समेत अत्यधिक मत ल्याएर बिजय हासिल गर्नुभएको थियो । हाल नेपाल सरकारले मौजुदा कानुन संशोधन र परिमार्जन गर्न गठन गरेको समितिमा कानुन बिज्ञको रुपमा पनि कार्यरत पौडेल महासचिव पदका लागि योग्य उम्मेदवार भएको सबै कानुन व्यवसायीको भनाइ छ ।
नेपाल बार एसोसिएसनमा रहेर कानुन क्षेत्रमा गर्नुपर्ने उल्लेख्य काम गर्न सक्ने अनुभव बटुल्नु भएका पौडेललाई देशै भरका कानुन व्यवसायीले साथ दिने हल्ला सर्वत्र फैलिएको एक कानुन व्यवसायीले गुडन्युज खबरलाई बताउनु भयो । उहाँले कानुन क्षेत्रमा प्रदर्शन गर्नुभएको दक्षता नै महासचिव जित्ने आधार हो भन्दै पौडेलका शुभचिन्तकहरु पौडेललाई महासचिव मदमा मतदान गर्न आतुर रहेको बताउछन् ।