कोमन बार्सिलोना प्रशिक्षक घोषित

  ।   २०७७ भाद्र ३, बुधबार १९:४६

एजेन्सी । बार्सिलोनाले बुधबार आफ्नो नयाँ प्रशिक्षकका रूपमा रोनाल्ड कोमन घोषणा गरेको छ । यसअघिका प्रशिक्षक क्विक सेटिनलाई बर्खास्त गरेको दुई दिनपछि कोमनलाई नियुक्त गरिएको हो ।

बार्सिलोनामा जिम्मेवारी सम्हाल्न ५७ वर्षीय कोमनले नेदरल्यान्डको प्रशिक्षक पद भने छाडेका छन् । डच फुटबल संघसँग उनको दुई वर्षको अनुबन्ध बाँकी थियो । कोमनले बार्सिलोनासँग भने दुई वर्षको अनुबन्ध गरेको छ ।

सन् १९८९ देखि १९९५ सम्म बार्सिलोनाका खेलाडी रहेको कोमनले त्यसबीचमा चार लिग उपाधि र एक युरोपियन कप जितेका थिए । यस सिजन भने बार्सिलोना उपाधिविहीन रह्यो ।

सन् २००७–०८ यता बार्सिलोनाले कुनै उपाधि नजितेको यो पहिलो पल्ट हो । युरोपेली च्याम्पियन्स लिगमा पनि बार्सिलोनाले हालै मात्र बायर्न म्युनिकसँग ८–२ गोलको लज्जास्पद हार बेहोरेको थियो । कान्तिपुर

Next Post

‘बढी उमेरकासँग कम घुलमिल हुनु’

२०७७ भाद्र ३, बुधबार १९:४६
काठमाण्डौ | डाक्टरहरुले आफ्नो घरमा रहेका पाको उमेरका व्यक्ति र मुटुरोग, मधुमेह, क्यान्सर लगायतका दीर्घरोगीसँग सकेसम्म कम घुलमिल हुन आग्रह गरेका छन् । मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका मुटुको शल्यक्रिया गर्ने डाक्टर अनिल भटराईले बढी उमेरका व्यक्तिलाई कोरोनाले बढी असर देखाउने भएकोले घरमा रहेका त्यस्ता वर्गका मानिससँग कम बोल्नुपर्ने […]