बर्दिया मधुवनमा स्वास्थ्य अधिकार र अपाङ्गता मैत्री स्वास्थ्य सेवा तालिम सम्पन्न

  ।   २०८१ फाल्गुन १५, बिहीबार १६:५३

नेपालगन्ज । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिका स्वास्थ्य शाखासंगको संयुक्त आयोजनामा मधुवन नगरपालिकामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार र अपाङ्गता मैत्री स्वास्थ्य सेवा सम्बन्धी स्वास्थ्य सेवा प्रदायकहरूलाई तालिम प्रदान गरेको छ ।

क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरिरहेको सशक्त बालिका परियोजना अन्तर्गत सो तालिम सम्पन्न गरेको हो । सो तालिममा मधुवनका स्वास्थ्य इकाइ, स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रका गरी जम्मा १९ जना सहभागीहरूले सक्रिय सहभागिता जनाएका थिए ।

अपाङ्गता, किशोरीमैत्री सेवा, बालिकाको यौन तथा प्रजनन स्वास्थ्य अधिकार, यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुँचका साथै सेवा लिन आएका बिरामीले सुरक्षित, भयरहित वातावरणमा बालस्वास्थ्य सेवा लिन पाउने बारेमा जानकारी गराउने उदेश्यले सो तालिम सञ्चालन गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।

उहाँले स्वास्थ्य संस्थामा आउने बिरामीलाई अपाङ्गता, किशोरीमैत्री सेवा, यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी अधिकारबारे जानकारी गराउने उदेश्य समेत तालिमको रहेको बताउनुभयो ।तालिमको समापन सत्रमा बोल्दै नगरपालिकाका स्वास्थ्य इकाइ प्रमुख गीता घिमिरेले किशोर मैत्री स्वास्थ्य सेवामा पहुँच बढाउन तथा समुदाय स्तरमा चेतना कार्यक्रम सञ्चालन गर्न योजना निर्माणको आवश्यकता रहेको कुरामा जोड दिनुभयो । उहाँले अपाङ्गता मैत्री स्वास्थ्य सेवाको महत्व समुदायस्तरमा अझ बढी हुनुपर्नेमा पनि जोड दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य इकाईका मणि पौडेल, बाँके युनेस्को क्लबका परियोजना संयोजक गोविन्दप्रसाद लामिछाने, कार्यक्रम अधिकृत ईश्वर बिक र फिल्ड सुपरभाइजर मिनु थारुको पनि उपस्थिति रहेको थियो ।

Next Post

नेपालगञ्जमा जामा मस्जिदको उद्घाटन

२०८१ फाल्गुन १५, बिहीबार १६:५३
बाँके । बाँकेको नेपालगञ्जमा करोडौंको लागतरमा जामा मस्जिद निर्माण गरिएको छ। नेपालगञ्ज –३ एक्लैनीमा अत्याधुनिक पूर्वाधारसहितको मस्जिद निर्माण गरिएको दारुल उलुम फैजुन्नबी जामा मस्जिद संचालक समितका प्रवक्ता आलम खानले जानकारी दिनु भयो। जामा मस्जिदको आन्तरिक स्रोत र स्थानिय मुश्लिम समुदायको लगानीमा १० हजार वर्ग फिट क्षेत्रमा निर्माण गरिएको मस्जिदको धार्मिक […]

सम्बन्धित शीर्षक