बाँके । बाँकेमा कोभिड खोपमा अनियमित भएको समाचार बाहिरिए पछि प्रदेश निर्देशक विनोद कुमार गिरीको निर्देशनको पालना गर्दै स्वास्थ्य कार्यालयले चासो देखाएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह नेतृत्वको टोली बुधबार डुडुवा-४ अवस्थित स्वास्थ्य चौकीको अनुगमनका लागि गए पनि स्वास्थ्यकर्मीहरु संग कुनै सोध पुछ नगरि बडा अध्यक्ष संग एक घण्टा लामो छलफल गरेर फर्किएको प्रत्यक्ष दर्शिहरुले बताएका छन् ।
स्रोतका अनुसार स्वास्थ्यकर्मीहरुले खोप घर घरमा लगेको कुरालाई ढाक छोप गर्ने गरि अनुगमन गरेर धिरजंग शाह नेतृत्वको टोली विना निष्कर्ष नेपालगन्ज फर्किएको बताइएको छ ।
अनुगमनमा पुग्नु भएका प्रमुख शाह भन्नुहुन्छ” भ्याक्सिन लक्षित समूह भन्दा बाहिर गएकै रहेछ । वडा अध्यक्ष लागएतका व्यक्तिहरू संग बसेर छलफल गरेका छौ ।” उहाले दोहोर्याउनु भयो” हामीले प्रतिवेदन बनाएर माथी पठाउ छौं । कार्वाही गर्ने कुरा माथिल्लो निकाएको हो ।”
लुम्बिनी प्रदेशका कृषि तथा सहकारी मन्त्री बिजय बहादुर यादवले प्रदेश सरकारको मातहतमा रहेको स्वास्थ्य कार्यालय प्रमुखले घरमा खोप लगेको घटनालाई लुकाउने प्रयास भएको खण्डमा स्वास्थ्य कार्यालयलाई पनि कानुनी दायरामा ल्याउनने बताउदै स्वास्थ्य निर्देशनालयलाई छानबिन गरी प्रतिवेदन दिन निर्देशन गरिसकेको बताउनु भयो ।
उहाँले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सो बारेमा सत्य तथ्य पत्ता लगाई प्रतिवेदन पठाउन शनिबार नै निर्देशन दिएको बताउँदै प्रतिवेदन आए पश्चात कारवाही प्रक्रिया थप अगाडि बढाउने बताउनुभयो ।
बाँकेको डुडुवा गाउँपालिका वडा नं ४ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज खड्का बहादुर रोकाले गाउँपालिकाका जनतालाई खोप नलगाएर अन्यत्रबाट आफ्ना निकटतम व्यक्तिहरुलाई बोलाएर लगाएको र केहि स्वास्थ्यकर्मीले ५ देखि ८ खोप आफ्नो घरमा लगेको कुरा सार्वजनिक भएको थियो ।
स्वास्थ्यकर्मीले कोभिड भ्याक्सिन आफन्तलाई लगाइएको आरोप स्थानीयले लगाएको गुनासो उठेपछि लुम्बिनी प्रदेश सरकारले छानविन गरेर सत्य तथ्य पत्ता लगाउन निर्देशन दिएको हो ।
सरकारले तोकेको मापदण्डभन्दा बाहिर गएर पहुँचको आधारमा गाउँपालिका वाहिरका व्यक्तिलाई बोलाएर नक्कली ठेगाना राखेर सहपुर्वा स्वास्थ्य केन्द्रले खोप लगाएको स्थानीयले बताउदै आएका छउन्जेल ।
कोभिड खोप ६२ देखि ६४ वर्ष उमेर समूहलाई लगाउन स्थानीय निकायलाई निर्देशन भएपनि डुडुवा ४ का स्वास्थ्य चौकी इन्चार्ज रोकाले मनपरी तरिकाले खोपको दुरुपयोग गरेको स्थानीय नरेश खटिकले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार लक्षित समूह बाहेकका व्यक्तिलाई खोप लगाएको पाइएमा खोप दुरुपयोग गर्ने स्वास्थ्यकर्मीलाई कारवाही गरिनेछ । खोप लगाउने व्यक्तिहरूको विवरण, खोप केन्द्र र खोप लगाउने कार्यमा संलग्न कर्मचारीको समेत विवरण संकलन गरि अध्ययन सुरु गरिएको सो कार्यालयले जनाएको छ ।