नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कोहलपुर नगरसमितिले कोरोना प्रभाबितलाई राहात प्रदान गर्दै आएकोमा आगामी दिनमा बाढि पिडीतलाई पनि राहात उपलब्ध गराउने भएको छ ।
कोरोना पिडीतलाई कायकर्ताको गास कटाएर संकलन तथा वितरण गर्दै आएको राहात कार्यक्रमबाट अगामी दिनमा बाढी पिडीतलाई पनि राहात बितरण गरिने माओवादी केन्द्र कोहलपुरका अध्यक्ष तुलाराज बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म कोरोना पिडीत राहात कोष मार्फत कोहलपुरका बिभिन्न वडाका बिपन्न, अपाङता भएका व्यक्ति तथा बृद्ध बृद्धा गरि ७ सय ५० जनालाई राहात उपलब्ध गराईएको छ । माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानले कार्यक्रर्ताले मानो मुठी र सभेच्छुकहरुबाट उठाईएको राहात कार्यक्रम आवश्यकता अनुसार बाढी पिडीतलाई समेत बितरण गरिने बतउनुभयो । उहाँले हुने खानले हुदा खानेलाई सहयोग गर्ने उदेश्यले याो अभियानलाई निरन्तरता दिईएको जनाउनुभयो । नेता न्यौपानेले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्देशन अनुसार बाढि पिडीतको राहात तथा उद्धारका लागी युवाहरुको स्यंवं सेवक टिम निर्माण गरिएको जानकारी समेत दिनुभयो ।
उहाँले अबिरल बर्षाका कारण समस्यामा परेकाहरुले माओवादी केन्द्रको स्थानिय वडा कमिटीलाई सम्पर्क गर्न आग्रह पनि गर्नुृभयो । माओवादी केन्द्रले राहात स्वरुप २५ किलो चामल बितरण गर्दै आएको छ । माओवादी केन्द्र कोहलपुरका नेता अबिरल खड्काका अनुसार २० दिन अघिदेखि सुरु गरिएको राहत वितरण अभियानमा बिपन्न तथा अशक्त असहायलाई राहात बितरण गरिनुका ससाथै कोरोना सक्रमित भएका तथा मृत्यु भएका परिवारलाई प्रथमिकतामा राखिएको बताउनुभयो । परिवारको अवस्था हेरेर घरमै पुगेर राहात बितरण गर्ने गरिएको बताउदै नेता खड्काले कसैलाई पनि दैनिक गुजारा गर्न समस्या भएमा माओबादी केन्द्र कोहपुरलाई सम्झन आग्रह गर्नुृ भएको