एमाले अध्यक्ष ओलीको ओरालो यात्राको संकेतका रुपमा लुम्बिनीमा भएको एमाले चुनाव

  ।   २०८० भाद्र २०, बुधबार १४:२७

बुटवल । एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट एउटा उपसचिवबाहेक अन्य पदमा उपाध्यक्ष विष्णु पौडेल समूह प्यानलसहित निर्वाचित भएको छ । अध्यक्ष पदमा सोही समूहका राधाकृष्ण कँडेल दुई मतले विजयी भएका छन् । कँडेलले अध्यक्ष केपी शर्मा ओलीको धाप र महासचिव शंकर पोखरेलको आडमा उम्मेदवार बनेका हरिप्रसाद रिजाललाई पराजित गरेका छन् ।

त्यस्तै,उपाध्यक्षमा कँडेल समूहकै भोजप्रसाद श्रेष्ठ अत्यधिक मतले निर्वाचित भएका छन् । उपसचिवमाा रिजाल समूहका पूर्ण बुढामगर र महिला उपसचिवमा कँडेल समूहकी लीला रानामगर निर्वाचित भएकी छन् । राना मगर बर्दियाका दिवङ्गत एमाले नेता देव रानाकी श्रीमती हुन् । विगतमा नेता वामदेव निकट देव बर्दिया जिविसको सभापति थिए ।

सचिव लक्ष्मण आचार्य यसअघि नै निर्विरोध भएका थिए । महासचिव पोखरेलसँग फरक मत राख्दै आएका उनी पनि दाङकै हुन् ।

नतिजाको विश्लेषण गर्दै रुपन्देही एमालेका एक जना नेताले भने, ‘हरि रिजाल शंकर समूहको भने पनि उनी अध्यक्ष केपी शर्मा ओलीको लाइनबाट उठेका थिए । यता ओलीको धापमा शंकर मुलुकभर आफ्नो गुट बनाउँदै छन् । रिजाल त्यही घानमा पोखरेलको मान्छे भएका हुन् ।’

अधिवशेन उद्घाटन र बन्द सत्रमा सशक्त रुपमा रिजाललाई विजयी गराउन लागिपर्नुभएका अध्यक्ष ओलीलाई बुटवलको आज बिहानको नतिजाले झस्काइदिएको बताइन्छ । यसले एमालेभित्र अध्यक्ष ओलीको ओरालो यात्रा प्रारम्भ भएको अर्थ लगाउन थालिएको छ ।

कतिपयले पूर्व राष्ट्रपति विद्या भण्डारी एमालेभित्रको राजनीतिमा सक्रिय हुने रुपमा पनि पछिल्लो अधिवेशनको परिणामलाई व्याख्या गरेका छन् । लुम्बिनीको नेतृत्व चयनमा समेत भण्डारीको अप्रत्यक्ष हात रहेको एक जना नेताले दाबी गरे ।

एक जना उपाध्यक्षले बुटवलको मतदानलाई ‘ओली भर्सेज अर्को समूह’ को संज्ञा दिएका छन् । कतिपय प्रभावशाली भनिएका क्षेत्रीय नेताहरुलाई अध्यक्ष ओलीले सोझै फोन गर्नु र महासचिव पोखरेल चीन हिँड्नुलाई पनि काकतालीको रुपमा लिन नहुने बताइन्छ ।

निर्वाचित पाँच पदाधिकारीमध्ये अध्यक्ष ओली निकट एक जना मात्र चयन भएका छन् । यसले पार्टीभित्रको अन्तरसंघर्ष र झगडालाई उत्कर्षमा पुर्याइदिएको स्पष्ट भएको छ । आगामी दिनमा बाँकी ६ वटै प्रदेशमा चुुनाव हुने सम्भावना बुटवल अधिवेशनले बढाइदिएको छ ।  (जनआस्था)

Next Post

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा स्थानीय तहको भुमिकामा जोड

२०८० भाद्र २०, बुधबार १४:२७
रन्जित कुमार चौधरी नेपालगञ्ज । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि स्थानीय तहको भुमिका प्रभावकारी हुनुपर्ने आवश्यकतामा जोड दिइएको छ । जिल्लामा मानव बेचबिखन तथा ओसार पसार कार्यलाई नियन्त्रणका गर्नका लागि कुनै एक व्यक्ति तथा संस्थाले मात्रै कार्यक्रम गरेर सम्भव नभएकोले स्थानीय तहको प्रभावकारी भूमिका हुनुपर्नेमा जोड दिइएको हो ।  […]