लोकतन्त्रलाई कमजोर हुन दिने छैनौँ भनेर प्रण गरौँ : कार्यवाहक सभापति खड्का

  ।   २०८२ बैशाख ११, बिहीबार १०:२९

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकोले यसको रक्षार्थ सबै जना सजग र सचेत रहन आग्रह गर्नुभएको छ ।  यो ऐतिहासिक दिनका अवसरमा वीर योद्धाहरूको साहस, संकल्प र बलिदानको धरोहरको रूपमा स्थापित लोकतन्त्रलाई कमजोर हुन दिने छैनौँ भनेर प्रण गर्न आग्रह गर्नु भएको हो ।

खड्काले राष्ट्रिय स्वाधीनता र नागरिक अधिकारका लागि पटक–पटक भएका क्रान्ति, संघर्ष र आन्दोलनहरूमा जीवन उत्सर्ग गर्ने वीर शहीदहरूप्रति लोकतन्त्र दिवसका अवसरमा उनीहरूको समर्पण, साहस र बलिदानको स्मरण र सम्मान गर्दै हृदयदेखि नै हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु भएको छ ।

लोकतन्त्र दिवसको अवसरमा सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, ‘वि.सं. २००७ साल अघिदेखि प्रारम्भ भएको संघर्षको पृष्ठभूमिमा निरंकुश राजतन्त्रको अन्त्य र लोकतन्त्र बहालीका लागि २०६२/०६३ मा नेपाली कांग्रेसको नेतृत्वमा अन्य राजनीतिक दलहरू समेतद्वारा सञ्चालित ऐतिहासिक जनआन्दोलनले २०६३ वैशाख ११ गते मुलुकमा एक युगान्तकारी परिवर्तन ल्याएको थियो ।‘  यो परिवर्तनसँगै मुलुकमा नेपाली जनताको इच्छा र चाहना अनुरूप आफ्ना जनप्रतिनिधिद्वारा संविधानसभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान जारी भई कार्यान्वयन भैसकेको उहाँको भनाई छ।

सन्देशमा भनिएको छ ‘यो संविधानको सुदृढीकरण गर्दै मुलुकलाई आर्थिक समुन्नतिको मार्गमा अग्रसर गराउने जिम्मेवारी हामी सबैको काँधमा आएको छ । युगान्तकारी परिवर्तन गर्ने वैशाख ११ को यो ऐतिहासिक दिनलाई हामी सबैले गौरवका साथ स्मरण गर्दै हरेक वर्ष लोकतन्त्र दिवसका रूपमा मनाउँदै आएका छौँ ।

Next Post

´जनतासँग माओवादी जागरण अभियान’ वैशाख १७ गते सकिने

२०८२ बैशाख ११, बिहीबार १०:२९
काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी ‘जनतासँग माओवादी जागरण अभियान’ वैशाख १७ गते सकिने भएको छ । बिहीबार बसेको माओवादी संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही वैशाख १७ गते कञ्चनपुर पुगेर जागरण अभियान सकिने बताउनु भएको हो । हुलाकी राजमार्ग केन्द्रित माओवादीले यो अभियान गत फागुन १२ गते […]