´जनतासँग माओवादी जागरण अभियान’ वैशाख १७ गते सकिने

  ।   २०८२ बैशाख ११, बिहीबार १३:०२

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी ‘जनतासँग माओवादी जागरण अभियान’ वैशाख १७ गते सकिने भएको छ ।

बिहीबार बसेको माओवादी संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही वैशाख १७ गते कञ्चनपुर पुगेर जागरण अभियान सकिने बताउनु भएको हो ।

हुलाकी राजमार्ग केन्द्रित माओवादीले यो अभियान गत फागुन १२ गते सुरु भएको थियो । बीचमा रोकिँदै फेरि सुरु हुँदै गरेको यो अभियान दुई महिना पछि सकिन लागेको हो ।

Next Post

शिक्षा मन्त्री पन्तको सपथग्रहण आज हुने

२०८२ बैशाख ११, बिहीबार १३:०२
काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तको आज पद तथा गोपनीयताको शपथ ग्रहण हुने भएको छ । उहाँलाई आज अपराह्न चार बजे राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ ग्रहण गराउने कार्यक्रम छ । एमाले सांसद विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले एमालेकै पन्तलाई शिक्षामन्त्री […]