विश्वभर सामाजिक संजाल फेसबुकमा समस्या

  ।   २०८० फाल्गुन २२, मंगलवार २२:०३

काठमाडौँ । बिश्वभर सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । मंगलबार साँझ ९ बजेपछि फेसबुक लगइनमा समस्या देखिएको हो ।

प्रयोगकर्ताहरुले एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको गुनासो गरिरहेका छन् । फेसबुकसहित मेटाद्वारा सञ्चालित इन्टाग्राम र थ्रेडमा समेत समस्या देखिएको छ ।

यस्तो समस्या देखिइएको विश्वभरका प्रयोगकर्ताहरुले बताइरहेका छन् । यससम्बन्धी एक्ससहितका सामाजिक सञ्जालमा चर्चा भइरहेको देख्न सकिन्छ । तर, के भएको हो भन्नेबारे फेसबुकले केही बताइसकेको छैन ।

Next Post

मानवीय सहायतासम्बन्धी पाँच दिने तालिम सञ्चालन

२०८० फाल्गुन २२, मंगलवार २२:०३
नेपालगन्ज, । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दियामा आयोजना गरिएको जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापन र विपद्को समयमा मानवीय सहायतासम्बन्धी पाँच दिने तालिम सम्पन्न भएको छ । प्लान नेपालको साझेदारीमा क्लबद्धारा सञ्चालन गरिएको सशक्त बालिका परियोजना अन्तर्गत बर्दियाको गुलरियामा सो तालिम सञ्चालन गरिएको थियो । सो तालिमको उदेश्य […]

सम्बन्धित समाचार