बिष्टको संयोजकत्वमा खेल भौतिक पुर्वाधार अध्ययन समिति गठन

  ।   २०८० माघ १४, आईतवार १६:३९

नेपालगन्ज । लुम्बिनी प्रदेशमा रहेका खेल क्षेत्रको भौतिक पूर्वाधारहरु अध्ययन गर्न राष्ट्रिय खेलकुद परिषद्ले तीन सदस्यीय समिति गठन गरेको छ ।

राखेप सदस्य दिपेन्द्र विष्टको संयोजकत्वमा महेश चन्द र चिरञ्जीवि लम्साल सदस्य रहेको समिति गठन गर्दै राखेपले २१ दिनभित्र प्रतिवेदन पेश गर्न भनेको छ ।

‘लुम्बीनी प्रदेशको भौतिक पूर्वाधार अध्ययन र वर्गीकरण समिति गठन गरिएको हो’, संयोजक विष्टले भन्नू भयो, ‘समितिले चालु आ.व.मा प्रदेशमा संचालित पूँजीगत कार्यक्रमहरुको समन्वय तथा अनुगमनका लागि समेत गर्नेछ ।’

गठित समितिले लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका खेल संरचना सँगै निर्मार्णाधिन संरचनाको अध्ययन, अनुगमन गर्ने समितिका संयोजक विष्टले जानकारी दिनु भएको छ  ।

खेलकुद पूर्वाधार नीति सम्वाद २०७९ मा निकालिएको निचोड अनुरुप सम्भावित संरचनाहरुको पहिचान गर्न, राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत साविकको क्षेत्र तथा जिल्लामा अवस्थित भौतिक पूर्वाधारहरुको अध्ययन–निरीक्षण गरी यसै पत्रसाथ संलग्न कार्यक्षेत्रको परिधी भित्र रही समिति सक्रिय रहने छ । त्यसका लागि प्रदेश सरकार, स्थानीय सरकार तथा खेलकुदसंग सरोकार पक्षसंग समन्वय तथा संवाद गरी समितिले प्रतिवेदन बनाउने बताइएको छ ।

Next Post

प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा कार्यविस्तृतीकरण परिमार्जनको मस्यौदामाथि छलफल, प्राप्त सुझाव संबोधन गरिने

२०८० माघ १४, आईतवार १६:३९
काठमाडौँ,  । कार्यविस्तृतीकरण परिमार्जनको मस्यौदा उपर उच्चस्तरीय छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्ष्यतामा आज भएको छलफलमा कार्यविस्तृतीकरण परिमार्जन सिफारिस समितिका संयोजक अर्जुनप्रसाद पोखरेलले कार्यप्रगति प्रस्तुत गर्नुभयो । विज्ञका तर्फबाट डा सोमलाल सुवेदीले कार्यविस्तृतीकरण परिमार्जनको मस्यौदाको प्रस्तुत गर्दै कार्यविस्तृतीकरणका लागि अवलम्वन गरिएका प्रमुख सैद्धान्तिक मापदण्ड एवं सङ्घ, […]