अफगानिस्तानका राष्ट्रपति घानीद्वारा देशमा अस्थिरता रोक्ने अठोट

  ।   २०७८ श्रावण ३१, आईतवार ०७:०१

काठमाण्डौ । अफगानिस्तनाका राष्ट्रपति मोहम्मद असरफ घानीले देशमा अहिले तालिबान समूहले गतिविधि तीव्र पारेको भए पनि यसलाई छिट्टै रोकिने बताउनुभएको छ ।

अफगानिस्तानको आधाभन्दा बढी प्रान्तका राजधानी तालिबान समूहले नियन्त्रणमा लिएको भन्ने समाचार आइरहेका समय उहाँले द्वन्द्वग्रस्त आफ्नो देशमा राजनीतिक अस्थिरता रोक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘अफगानिस्तानको सुरक्षा फौजले देशको रक्षा गरेको र सेनाबीच सद्भाव सुनिश्चित गर्नु मेरो प्राथमिकता हुनेछ’ घानीले राष्ट्रका नाममा गरेको आफ्नो छोटो टेलिभिजन सम्बोधनमा भन्नुभयो ।

सम्बोधनमा उहाँले अफगानिस्तानमा थप अस्थिरता हुन नदिने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘अफगानिस्तानीहरूले युद्धका कारण दुःख पाइरहेका छन् र अफगानिस्तानका जनताको थप कष्ट रोक्न म तपाईंहरुलाई विश्वास दिलाउँछु र यो मेरो ऐतिहासिक जिम्मेवारी हो ।’

राष्ट्रपति घानीले ‘अफगानिस्तानका जनता, राजनीतिक दल तथा तीनका नेता र अन्तर्राष्ट्रिय मित्रहरूसँग परामर्श’ सुरु गरेको र परिणाम चाँडै आउने पनि बताउनुभयो । तालिबान विद्रोहीहरुले देशका ३४ प्रान्तका १९ वटा प्रान्तीय राजधानीहरु कब्जामा लिएको दाबी गरिरहेका समयमा राष्ट्रपतिको यो भनाइ आएको हो । रासस

Next Post

भारतसँगको दोस्रो टेस्टको पहिलो पारीमा इङ्ग्ल्यान्डलाई सामान्य अग्रता

२०७८ श्रावण ३१, आईतवार ०७:०१
काठमाण्डौ । भारतसँगको दोस्रो टेस्टको पहिलो पारीमा इङ्ग्ल्यान्डले सामान्य अग्रता बनाएको छ । लर्ड्रसमा तीन विकेट गुमाएर एक सय १९ रन बनाएको अवस्थामा हिजो तेस्रो दिनको खेल सकिँदा इङ्ग्ल्यान्डले २७ रनको अग्रता बनाएको हो । इङ्ग्ल्यान्ड ३ सय ९१ रनमा अलआउट भएको छ । उसका लागि जोय रुटले शतक प्रहार […]