भारतसँगको दोस्रो टेस्टको पहिलो पारीमा इङ्ग्ल्यान्डलाई सामान्य अग्रता

  ।   २०७८ श्रावण ३१, आईतवार ०७:०३

काठमाण्डौ । भारतसँगको दोस्रो टेस्टको पहिलो पारीमा इङ्ग्ल्यान्डले सामान्य अग्रता बनाएको छ । लर्ड्रसमा तीन विकेट गुमाएर एक सय १९ रन बनाएको अवस्थामा हिजो तेस्रो दिनको खेल सकिँदा इङ्ग्ल्यान्डले २७ रनको अग्रता बनाएको हो ।

इङ्ग्ल्यान्ड ३ सय ९१ रनमा अलआउट भएको छ । उसका लागि जोय रुटले शतक प्रहार गरेका छन् । रुट १ सय ८० रनमा अविजित रहे । उनले टेस्ट क्रिकेटमा ९ हजार रन पूरा गरेका छन् । रुटले पहिलो टेस्टमा पनि शतक बनाएका थिए । यस्तै जोनी बेयस्र्टोले ५७ रनको अर्धशतकीय पारी खेले ।

भारतका मोहमद सिराजले ४ तथा इशान्त शर्माले ३ विकेट लिए । त्यस्तै मोहमद शामीले २ विकेट लिए । पहिले ब्याटिङ गरेको भारत पहिलो पारीमा ३ सय ६४ रनमा अलआउट भएको थियो। वर्षाले प्रभावित भएको पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।

पाँच टेस्टको श्रृङ्खला खेल्न भारत इङ्ग्ल्यान्ड भ्रमणमा रहेको छ । -उज्यालो अनलाइन

Next Post

रुकुम पश्चिमबाट ७४ हजार लिटर दुध निर्यात

२०७८ श्रावण ३१, आईतवार ०७:०३
रुकुम पूर्व । रुकुम पश्चिमबाट एक वर्षमा करिब ७४ हजार लिटर दुध निर्यात भएको छ। गत आर्थिक वर्षमा ७३ हजार ९९४ लिटर दुध नेपालगञ्ज निरयात भएको हो। मुसीकोट नगरपालिका–४ को नागरिक दुग्ध सहकारी संस्थाले दुग्ध विकास संस्थान नेपालगञ्जमा दुध पठाउने गरेको छ। दुध निर्यातबाट ४० लाख ६७ हजार ४८६ रुपैयाँ […]

सम्बन्धित शीर्षक