नेपालगन्ज इसाई समाजको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पास्टर रेग्मी

  ।   २०८० असार २४, आईतवार २३:०४

संवाददाता, नेपालगन्ज ।

नेपालगन्ज इसाई समाजको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनले स्मर्ना चर्चका पास्टर रमेश राज रेग्मीको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ ।

   

अध्यक्ष पास्टर रेग्मी, उपाध्यक्ष पा. प्रबजन शाही, सचिब पा. बिजय दास, सह सचिब पा. दानिएल शाहि, कोषाध्यक्ष पा. नन्दराम बौडेल, सदस्य पा. रत्न ब. थापा, पा. प्रकाश नेपाली,  पा. प्रेम रोका, पा. सत्पाल बि.सी, पा. राम ब. थापा र शारदा राना लगायतका व्यक्तिहरु निर्वाचित हुनुभएको हो ।

लामो समय प्रार्थना र आराधना द्वारा उद्घाटन सत्र सुरु गरिएको थियो । उद्घाटन सत्रमा सल्लाहकार रेभरेन्ट एल.बि. चौधरी, के.बि. बसेल, हेमदास, गुल्मा श्रेष्ठ र बाँके इसाई समाजका अध्यक्ष धनबहादुर पाण्डेलाई खदा र प्रमाणपत्र मार्फत सम्मान गरिएको निवर्तमान उपाध्यक्ष डम्बर बहादुर थापाले बताउनु भयो ।

गुल्मा श्रेष्ठलाई स्वस्थ्य उपचार गर्न १५ हजार रुपैयाँ निवर्तमान उपाध्यक्ष थापाद्वारा हस्तान्तरण गरिएको छ । त्यस्तै विध्याबारिधी उपाधी प्राप्त गरेकोमा समाजका निवर्तमान अध्यक्ष डा. डक्टप्रसाद धिताललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पास्टर हेमदासले प्रवचन दिनुभएको थियो भने बिशिस्ट अतिथि केबि बसेल, धनबहादुर पाण्डे, सुशीला बादी नेपाली र प्रमुख अतिथि लोक बहादुर चौधरीले शुभकामना मन्तव्य दिनुभयो ।

कार्यक्रमको संचालन समाजका निवर्तमान सचिव चन्द्र वीर सुनारले गर्नु भएको थियो ।

Next Post

साहित्य र सिर्जनाले जनताको भावना बोल्न सक्नुपर्छः प्रचण्ड

२०८० असार २४, आईतवार २३:०४
काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहित्य र सिर्जनाले जनताको भावना बोल्न सक्नुपर्ने बताउनु भएको छ। सोमबार बिहान पुष्पलाल प्रतिष्ठानद्वारा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार २०७९ समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले, ‘‘जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादोन्मुख राज्य निर्माणको सङ्कल्प गरिसकेका कारण हाम्रा सिर्जनाहरूसमेत समाजवादको वैचारिक […]