पुरस्कार र दण्ड दिने परम्पराको थालनी गर्दै बाँकेका ३ प्रहरीलाई उत्कृष्ट पुरस्कार

  ।   २०७७ भाद्र ८, सोमबार ०९:५१

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेमा एसपी ओम बहादुर रानाको आगमन पछि राम्रो कामगर्ने प्रहरीलाई पुरस्कार नराम्रो गर्ने प्रहरीलाई दण्ड दिने परम्पराको थालनी गर्न ३ प्रहरी जवानलाई पुरस्कार वितरण गरिएको छ ।

आईतबार प्रहरी प्रमुख एसपी रानाले कोरोनाकालमा समेत अग्रमोर्चामा रही उत्कृष्ट कर्तब्य निर्वाह गर्ने प्रहरी नायव निरीक्षक अनुरुप यरी, प्रहरी जवान सन्तोष पौडेल र प्रहरी जवान देबेन्द्र हमाललाई पुरस्कृत गर्नु भएको हो ।

प्रहरी जवान हमाल ‘पुलिस अफ द मन्थ’ बाट सम्मानित हुनुभएको छ भने हमाललाई कदरपत्र सहित अभिलेखमा उल्लेख हुने गरी ‘पुलिस अफ द मन्थ’ घोषित गरिएको हो । साउन महिनामा उत्कृष्ठ काम गर्ने कर्मचारी मध्ये हमाल साउन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित हुनुभएको एसपी रानाले जानकारी गराउनु भयो ।

प्रहरी नायव निरीक्षक यरी र प्रहरी जवान पौडेललाई अभिलेखमा उल्लेख हुने गरि नगद पुरस्कार तथा मायाको चिनो समेत प्रदान गरीएको छ ।

विभागीय मूल्य मान्यता, आदेश निर्देशनको अक्षरस पालना गरी व्यवसायिक, लगनशिल, ईमान्दार र कर्तव्यनिष्ठ तवरले कर्तव्य पालनामा तल्लिन रहि उच्च मनोवलका साथ तोकिएको जिम्मेवारी अनुसार कुशल भूमिका निर्वाह गरेको भन्दै बाँके प्रहरीले ३ जनालाई सम्मान गरेको हो । सम्मान पाएपछि तिनै जनामा मात्र नभएर सबै प्रहरीमा हौसला बढे प्रनानी यरिले बताउनु भयो ।

एसपी रानाको बाँके प्रवेश संगै एक पछि अर्को सफलता हात पर्दै गएको प्रहरी बृत्तले बताउन थालेको छ । राम्रो काम, कर्तव्य निभाउने प्रहरीलाई पुरस्कृत र नराम्रो गर्नेलाइ दण्ड दिनुले जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरीहरुमा सकारात्मक प्रभाव परेको छ ।

Next Post

अटेर गर्ने पसलमा तालाबन्दी

२०७७ भाद्र ८, सोमबार ०९:५१
पवन कुमार चौधरी नेपालगन्ज । सुरक्षा मापदण्डको वास्था नगरी लापरबाही गरि पसल संचालन गर्ने किराना पसलमा आइतबार साझ तालबन्दी गरिएको छ । त्रिभुवन चौक देखि बिपी चौक जाने बाटोमा पर्ने एक किराना पसलमा मास्क नलगाई कोरोना सुरक्षा बिपरित पसल संचालन गर्ने पसलमा तालाबन्दी गरिएको स्रोतले जनाएको छ । पटक पटक […]