अटेर गर्ने पसलमा तालाबन्दी

  ।   २०७७ भाद्र ८, सोमबार १०:५५

पवन कुमार चौधरी

नेपालगन्ज । सुरक्षा मापदण्डको वास्था नगरी लापरबाही गरि पसल संचालन गर्ने किराना पसलमा आइतबार साझ तालबन्दी गरिएको छ । त्रिभुवन चौक देखि बिपी चौक जाने बाटोमा पर्ने एक किराना पसलमा मास्क नलगाई कोरोना सुरक्षा बिपरित पसल संचालन गर्ने पसलमा तालाबन्दी गरिएको स्रोतले जनाएको छ ।

पटक पटक चेतावनी दिदा पनि अटेर गरेपछि तला लगाउनु परेको सम्बन्धित निकायले जनाएको छ । पछिल्लो समय लकडाउन खुकुलो भए संगै कोरोना सुरक्षा मापदण्ड अपनाएर पसल संचालन गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको थियो । बिशेष गरि प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुमबांगको आगमन पछि यस्तो रणनीति अपनाइएको छ ।

जोडबिजोड सवारी साधन चलाउन देखि पसलमा स्वास्थ्य सुरक्ष नीति अवलम्बन गराउन प्रजिअ कुरुमबांग लागि पर्नु भएको छ ।

Next Post

बाँके र बर्दियामा मात्रै दुई दशकमा करिब ४ अर्ब रुपैंया बराबरको ६१ हजार मेट्रिक टन रासायनिक मल विक्री

२०७७ भाद्र ८, सोमबार १०:५५
प्रेम विश्वकर्मा, बाँके प्रदेश ५ का बर्दिया र बाँके जिल्लामा चौपाया पशुपालन गर्न कम भएपछि प्राङ्गगारिक मलको उत्पादनमा कमी आएको छ । जसको विकल्पमा यी दुई जिल्लामा मात्रै वितेको दुई दशकमा करिब ४ अर्ब रुपैँया बराबरको ६१ हजार मेट्रिक टन रासायनिक मल खपत भएको सरकारी तथ्याङ्कले देखाएको छ । एकातिर […]