एकनाले भरुवा बन्दुक, कटुवा पेस्तोल कारोबारी पक्राउ

  ।   २०७८ श्रावण २२, शुक्रबार १५:४८

संवाददाता

भरुवा बन्दुक र कटुवा पेस्तोल सहित बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ६ का ५० बर्षिय छोटेलाल राढ पक्राउ परेका छन ।

बिहीबार साँझ हातहतियारको बिक्रि वितरण गरि रहेको भन्ने सूचनाको आधारमा लुम्बिनि प्रदेश प्रहरी अनुसन्धान समुह दाङबाट खटिएको प्रहरी टोलीले एकनाले भरुवा बन्दुक १ थान, छर्रा थान ३ र निजले बोकेको रातो रंगको झोला खानतलासी गर्दा झोला भित्र रहेको कटुवा पेस्तोल १ थान बरामद गरी आवश्यक अनुसन्धान कार्य अघि बढाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Next Post

नेपालगन्जको बाइपास रोडमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

२०७८ श्रावण २२, शुक्रबार १५:४८
नेपालगन्ज । कोरोना महामारीको समयमा टोलटोलमा स्वास्थ्य पहुँच पुगोस् भन्ने हेतुले सनिवार बाँकेको नेपालगन्ज बाइपास रोडमा निशुल्क स्वास्थ्य चेकजाँच गरिएको छ । समाजसेवामा सधैंभरि अगाडि रहेका बाँकेका सक्रिय लायन्स क्लब अफ नेपालगन्ज एभरेस्ट, लायन्स क्लब अफ नेपालगन्ज अन्नपूर्ण, होलस्टिक होम केयर र मानवता नेपाल बाँके नामका चारवटा संघसंस्थाहरुले संयुक्तरूपमा उक्त […]

सम्बन्धित शीर्षक