सज्जा बनिन् तेस्रो नेपाल आइडल

  ।   २०७७ भाद्र १३, शनिबार ०६:५१

काठमाण्डौ । नेपाल आइडल सिजन(३ को विजेता सज्जा चौलागाईं बनेकी छिन् ।

फर्स्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअप किरणकुमार भुजेल बने । फाइनलमा सज्जा सँगै प्रवीण बेडवाल त किरण कुमार भुजेल पुगेका थिए ।

सज्जाले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन् । यसैगरी प्रवीणले १० लाख र किरणले पाँच लाख नगद प्राप्त गरेका छन् ।

आइडलका एक सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले आइडलको घोषणा गरेका थिए । उज्यालो अनलाइन

Next Post

दाङमा आइतबारदेखि भदौ २१ गतेसम्म निषेधाज्ञा, पीसीआर जाँचलाई तीव्रता दिइने

२०७७ भाद्र १३, शनिबार ०६:५१
दाङ । दाङमा आइतबार राति १२ बजेदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिने भएको छ । शुक्रबार बसेको कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले समुदायस्तरमा कोरोना भाइरसका सङ्क्रमित फेला पर्न थालेपछि एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो । जिल्ला कोरोना सङ्कट व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद […]