प्रेस युनियनका नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण

  ।   २०८० भाद्र ७, बिहीबार २१:२२

नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँकेको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । प्रेस युनियन बाँकेको गत साउन २७ गते भएको १२ औं अधिवेशनबाट निर्वाचित प्रियास्मृती ढकाल नेतृत्वकाे कार्यसमितिले बिहीबार पदभार ग्रहण गरेको हो ।

कार्यसमितिलाई निर्वाचन कार्यालयले प्रमाण पत्र समेत प्रदान गरेको छ । निर्वाचन समितिका निर्वाचन आयुक्त जनक बहादुर शाहीले प्रमाण पत्र बितरण तथा पदभार ग्रहण कार्यक्रमको अवसरमा निर्वाचित पदाधिकारी एव समितिलाई प्रमाण पत्र बितरण गर्नुभएको थियो ।

प्रेस युनियन बाँकेका वर्तमान अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा भएको कार्यक्रममा बाेल्दै नेपाल प्रेस युनियन लम्बिनी प्रदेशका उपाध्यक्ष जय सिंह केसीले युनियन बाँकेका वर्तमान पदाधिकारीले संस्थाकाे संचालनका लगि दुःख गरेकाे देखिएको बताउनुभयो ।

उहाँले पत्रकार महासंघको नेतृत्वका लागि पनि वर्तमन समितिले बिशेष भूमिका निर्वाह गरेको भन्दै अबको नेतृत्वले बाँकी रहेको कामलाई पुर्णता दिनुपर्ने बताउनुभयो ।

निर्वाचनमा जितको लागि अपनाउनुपर्ने कार्य निर्वाचनकै लागि मात्र भएको भन्दै ती कुरालाई थाँती राखेर अब युनियनलाई कसरी प्रभावकारी र पारदर्शी बनाउने भन्ने सबैको उत्तिकै दायित्व रहेको बताउनुभयो । अबको नेतृत्वले युनियनमा सबै साधारण सदस्यलाई मिलाएर लैजाने अपेक्षा समेत प्रदेश उपाध्यक्ष केसीले व्यक्त गर्नुभयो । यस्तै पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान अध्यक्ष ओलीले बिभिन्न चुनौतीका बाबजुद संस्थालाई व्यवस्थित बनाउने कार्य अघि बढाएको र केही कुराहरुलाई पुरा गर्न नसकिएको बताउनुभयो ।

कुनैपनि कार्य गर्दा चुनौती रहने तर अठोटका साथ अघि बढ्दा समाधान पनि हुने आफुलाई अनुभव भएको अध्यक्ष ओलीले बताउनुभयो ।

निर्वाचनका बेला निर्वाचन हतकण्डालाई अब बिर्सेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने भन्दै ओलीले संस्थाकाे दिगोपनाका लागि आफुहरुको नेतृत्वले जग्गा व्यवस्थापन गर्न सकेकोमा खुशी व्यक्त गर्नुभयो ।

यस्तै पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष प्रियास्मृती ढकालले युनियनलाई सबैको बनाउन कुनै कसर बाँकी नराख्ने र कोही कसैलाई युनियनबाट एक्लिएको महसुस हुन नदिने बताउनुभयो । निर्वाचनमा आन्तरिक प्रतिस्पर्धा रहेको र अब ति कुरा सकिएको भन्दै संस्थालाई आर्थिक रुपमा बलियो बनाउने कार्यको युनियनले शुरुवात गर्ने पनि अध्यक्ष ढकालले बताउनुभयो । युनियन बाँके शाखा अध्यक्ष ओलीले नवनिर्वाचित अध्यक्ष ढकाललाई र वर्तमान सचिव बिजय मल्लले नवनिर्वाचित सचिव भिष्म लोधलाई संस्थाको जिम्मेवारीसंगै माइन्यूट लगायतका सम्पूर्ण कुराको बुझबझारथ गर्नुभएको थियो ।

कार्यक्रममा प्रेस युनियन प्रदेशका उपाध्यक्ष केसी, महासचिव नविन गिरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, कार्यसमिति सदस्य मोहम्मद आरिफ अन्सारी, प्रेस युनियन प्रदेश सदस्य गौरव गिरी, निवर्तमान कार्यसमिति र वर्तमान कार्यसमिति पदाधिकारीको उपस्थिति रहेको थियो ।

Next Post

सही बिचार र सही दृष्टिकोणबाट जन्मिएको प्रेस सेन्टर नेपाल: नेता दामा शर्मा

२०८० भाद्र ७, बिहीबार २१:२२
कोहलपुर । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य दामा शर्माले सही बिचार सही दृष्टिकोणबाट जन्मिएको प्रेस सेन्टर नेपालले जनतामाझ सहि विचारको प्रवाह गर्नुपर्ने बताउनु भएको छ । बिहिवार प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिको प्रथम वार्षिकोत्सबको अवसरमा सम्बोधन गर्दै उहाँले जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु प्रेस सेन्टर नेपालको […]