२४ घण्टामा ३ हजार ८ सय ४० जनामा कोरोना पुष्टि, ३३ जनाको ज्यान गयो

  ।   २०७८ श्रावण १३, बुधबार १९:०८

काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर तीन हजार आठ सय ४० जनामा कोभिड १९ (कोरोना भाइरस) सङ्क्रमण पुष्टि भएको छ । १० हजार आठ सय ८६ जनाको पीसीआर र चार हजार नौ सय २२ जनाको एन्टिजेन विधिबाट गरी १५ हजार आठ सय आठ जनाको नमुना परीक्षण गर्दा तीन हजार आठ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो कुल परिक्षणको २४ दशमलव २९ प्रतिशत हो । तथ्याङ्कअनुसार कोरोना सङ्क्रमण दर बढिरहेको छ । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ४६ हजार सात सय तीन पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा आठ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डौमा पाँच सय ५९ जना, भक्तपुरमा ९५ जना र ललितपुरमा दुई सय ६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार नौ सय ९३ जना निको भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ४९ हजार ७२ जना पुगेको छ ।

यही अवधिमा थप ३३ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार सात सय ९१ पुगेको छ ।

अहिले नेपालमा २९ हजार चार सय ४४ जना सक्रिय सङ्क्रमित छन् ।

Next Post

एसईई नतिजा साउन २५ गतेभित्र सार्वजनिक गर्ने तयारी

२०७८ श्रावण १३, बुधबार १९:०८
काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन २५ गतेभित्रमा २०७७ को एसइई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले […]