सुर्य प्रसाद धिताल ।
दाङ्गका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले फोर ल्यान सडक, क्रसर उद्योग र ट्रिपरको विषयमा उल्झीएका समस्याहरु केहि समयमै समाधान हुने बताउनुभएको छ ।
रिपोर्टर्स क्लव दाङमा बुधबार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले यस क्षेत्रमा सञ्चालन भएका सिमेन्ट उद्योगमा प्रयोग भएका ट्रिपरहरु मापदण्ड विपरीत सञ्चालन भएको भन्दै इमान्दारिता नअपनाउदा समस्या आएको बताउनुभयो ।
उहाँले मापदण्ड विपरीत सञ्चालन भएका ट्रिपरहरुलाई जरिमाना लिएर पहिलो पटक छोडेको भन्दै अब जरिमाना नभई मापदण्ड विपरीत सञ्चालन भएको पाइएमा चालक र सहचालकलाई मुद्दा चलाउने बताउनुभयो ।
‘हामीहरुले हिजोमात्र ट्रिपरहरुलाई होलडिङ गरेर मापदण्ड अनुसार सञ्चालन गर्ने विषयमा छलफल गरेका छौं, अब नियम नमान्नेलाई जरिमाना होइन कानुनि कारवाहि गर्ने छौं–उहाँले भन्नुभयोे । त्यसैगरी प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले जिल्लाको गौरवको आयोजना फोरल्यान सडकको विषयमा धेरै कुरा उठेको भन्दै त्यो आयोजनाको काम सञ्चालन हुने बताउनुभयो ।
‘सरकारले नीति निर्माण गर्ने हो सरकारको नीतिलाई हामीहरुले कार्यान्वयन गर्ने हो, सञ्चालन भएका योजनाहरुलाई समयमै सक्न हाम्रो पहल हुने छ उहाँले भन्नुभयोे ।’ उहाँले सम्बन्धित कम्पनी र निर्माणको जिम्मा पाएको कम्पनी संँग समन्वय भई रहेको भन्दै त्यसले आफनो पाला सम्म पूर्णता पाउने बताउनुभयो ।
‘हामीहरुलाई आयोजना सञ्चालन गर्न केके समस्या छन् भन्ने बारेमा बुझेका छौं, अब छिटै निर्माणको काम अगाडी बढने छ, उहाँले भन्नुभयोे । उहाँले पत्रेखोलाको उदाहरण दिदै सामान्य काम पनि एक अर्को सम्बन्धीत कार्यालयको समन्वय नहुँदा समस्या सामाधान हुन नसकेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारीले सम्बन्धीत निकायले पनि त्यस तर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
त्यस्तै दाङमा सञ्चालन भएका क्रसर उद्योगहरुको विषमा पनि धेरै कुराहरु उठेको भन्दै यसको विषयमा पनि छलफल गरि अगाडी बढने बताउनुभयो । उहाँले जिल्लामा सञ्चालन भएका अधिकांश क्रसर उद्योगहरु नियम विपरीत सञ्चालन भएको भन्ने कुरा उठेको भन्दै यो राष्ट्रिय समस्या भएको बताउनुभयो ।
‘दाङमा क्रसर उद्योगहरु नियम अनुसार सञ्चालन भएका छैनन् भन्ने कुरा मैले पहिले नै थाहा पाएकोे हो, यसको पनि केहि समयमै के गर्ने भन्ने विषयमा टुङगो लाग्ने छ उहाँले भन्नुभयोे । ‘केहि बाटोको छेउमा छन् केहि खोला नजिकै कुन स्थानमा कस्तो मापदण्ड हुने भन्ने एउटा अनुगमन समिति छ, त्यसले हेर्ने र अनुगमन गर्ने हो उहाँले भन्नुभयोे ।
उहाँले तत्काल सञ्चालनमा रोक लगाउँदा विकास निर्माणमा समस्या हुने होकी भन्ने अवस्था भएको बताउनुभयो । ‘यो राष्ट्रिय समस्या हो, हामीहरुले त्यहि अनुसार यसलाई सामाधान गर्ने छौं, यसको पनि छिटै समस्या सामाधान हुन्छ–प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले भन्नुभयोे ।
त्यस्तै उहाँले आफु जिल्लामा आएको १७ दिन भएको भन्दै राष्ट्र सेवक कर्मचारीहरु शासक नभएर सेवक हुनुपर्ने बताउनुभयो । उहाँले दाङको समृद्धि विकास सुशासन कायम गर्ने आफनो पहिलो जिम्मेवारी भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले आफु सेवकको रुपमा जनताको सेवा गर्ने र अन्य राष्ट्र सेवक कर्मचारीहरुलाई पनि लोपलालचमा नफसी निष्पक्ष काम गर्न आग्रह गर्नुभयोे ।
उहाँले आम नागरिकले कर्मचारीहरुले घुस खान्छन काम गदैन्न भन्ने छाप परेको भन्दै त्यसको अन्त्य गर्ने बताउनुभयो । ‘अझै पनि नागरिकहरुमा गलत छाप परेको छ, कर्मचारीहरुलाई हेर्ने दृिष्ट्रकोणमा त्यो अन्त्य गर्ने छु उहाँले भन्नुभयोे ।’ पत्रकार भेटघाटमा पत्रकारहरु सेवा ग्राहीहरुको सहजकर्ताको रुपमा काम गरेको भन्दै पत्रकारहरुले पनि नागरिकका समस्याहरु उजागर गर्नु पर्ने बताउनुभयो ।
उहाँले आफुहरुले निष्ठा पूर्वक काम गर्ने भन्दै कहि कतै बाटो बिराएमा पत्रकारहरुले खवरदारी गर्नु पर्ने बताउनुभयो । ‘लोकतन्त्रमा सवैको सम्मान हुन्छ, पत्रकारहरुको पनि सम्मान हामीहरुले गर्नुपर्छ पत्रकारहरुले नागरिकहरुका समस्याहरु बाहिर ल्याउनुपर्छ उहाँले भन्नुभयोे ।’
उहाँले प्रेस स्वतन्त्रताको सम्मान आफुहरुले जहिले पनि गर्ने बताउनुभयो । उहाँले कोरोनाको महामारीमा अग्रभागमा रहेर खटिने सवैलाई खोप लगाउनमा आफुले पहल गर्ने प्रमुख जिल्ला अधिकारी कुरुम्वाङको भनाई छ ।
त्यस्तै उहाँले तुलसीपुरमा वुधवार र लमहीमा शुक्रवार इलाका प्रशासनबाटै सेवा दिने बताउनुभयो । उहाँले न्याय नपाएका नागरिकलाई न्याय दिने र जनताको समस्या सुन्नुका साथै अन्य कार्यालयको पनि काम कारवाहिको विषयमा जानकारी दिने बताउनुभयो ।
रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालीसेले सवैले न्यायोचित काम गर्नु पर्ने भन्दै सवै नियम कानुनमा रहेर व्यापार व्यवसायी सञ्चालन गर्नु पर्ने बताउनुभयो । उहाँले नियम उल्लघंन गर्ने सवैलाई कानुनि दायरामा ल्याउनु पर्ने भन्दै सवैलाई गरिखान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय समाचार समिति तुलसीपुरकी प्रमुख नारायणी रजौरे, पत्रकार सुनिल पोख्रेल लगायतले आ–आफना भनाईहरु राख्नुभएको थियो । सबैले प्रमुख जिल्ला अधिकारीको सक्रियता र कामप्रतिको निष्ठाको सवैले सम्मान गरेको भन्दै सधै आफुहरुको साथ रहने बताएका छन ।
रिपोर्टर्स क्लव दाङका महासचिव विमल गौतमले सहजिकरण गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सहित इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख यज्ञबहादुर वुढा र टेलिभिजन पत्रकार संघका जिल्ला अध्यक्ष राजेश खत्रीलाई सम्मान तथा स्वागत गरिएको छ ।
शरद रेग्मीको सहयोगबाट…





