माधव नेपाल निवासमा प्रचण्ड र विप्लव एकसाथ भेट

  ।   २०७८ असार ३१, बिहीबार १५:१०

संवाददाता, नेपालगंज
नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ कोटेश्वस्थित उहाँकै निवास पुग्नुभएको छ ।

हिजो विप्लवले प्रचण्डलाई खुमलटार पुगेर भेट गर्नुभएको थियो । प्रचण्डका निजी सचिवालयका अनुसार नेपाललाई भेट्न भने प्रचण्ड र विप्लव सँगसँगै पुग्नुभएको हो । साथमा नेता धर्मेन्द्र वास्तोला पनि रहनुभएको थियो ।

प्रचण्डसँगको भेटमा विप्लवले पूर्वमाओवादी घटकहरूबीच एकताको प्रस्ताव गर्नुभएको थियो । प्रचण्ड सम्पूर्ण कम्युनिष्ट पार्टीहरुबीच एकता हुनुपर्ने पक्षमा हुनुहुन्छ ।

नेपाल प्रेसबाट

Next Post

नेपालको निर्यात खर्ब नाघ्यो : व्यापार घाटा १२ खर्ब ६२ अर्ब

२०७८ असार ३१, बिहीबार १५:१०
संवाददाता । नेपालको मालवस्तुको निर्यात रु एक खर्ब २१ अर्ब २५ करोड पुगेको छ । चालु आर्थिक वर्षको एघार महिनामा कूल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भई खर्बमाथि पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ०.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमश […]