विवाद पछि महासचिव पदको मत गणना पुनः हुने

  ।   २०८० भाद्र ४, सोमबार १६:४६

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा महासचिव पदको मतगणनामा विवाद भएपछि उक्त पदका लागि पुन: मतगणना हुने भएको छ ।

महासचिव पदको मतगणनामा विवाद भएपछि ५ गते मंगलबार बिहान ८:०० बजेदेखि पुनः मतगणना हुने निर्वाचन आयुक्तको कार्यालयले सूचना प्रकाशित गरी जानकारी गराएको छ ।

निर्वाचन आयुक्तको कार्यालयले सोमबार बिहान समावेशी प्यानलका उम्मेदवार भिम रानाभाटले १९२६ र साझा प्रजातान्त्रिक प्यानलका उम्मेदवार टंक प्रसाद शर्माले १९२० मत प्राप्त गरेको घोषणा गरेको थियो ।

मतपरिणाम पश्चात् साझा प्रजातान्त्रिक प्यानलका उम्मेदवार टंक प्रसाद शर्माले मतपरिणाम प्रति असन्तुष्टि जनाउदै पुनः मतगणनाको माग गर्दै निर्वाचन आयुक्तको कार्यालयमा निवेदन दिएको आयुक्तको कार्यालयले जनाएको छ ।

Next Post

दुई पालिकाका विपन्न परिवारलाई आयआर्जनका लागि चल्लासहित विभिन्न सामाग्री वितरण 

२०८० भाद्र ४, सोमबार १६:४६
नेपालगन्ज । बाँके युनेस्को क्लबले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बाँकेका दुई गाउँपालिकाका २१ परिवारलाई आय आर्जनका लागि कुखुराका चल्लासहित विभिन्न सामाग्री वितरण गरेको छ । कतार च्यारेटिको आर्थिक सहयोगमा क्लबले सञ्चालन गरेको दोस्रो फेजको नेपाल एकिकृत विकास कार्यक्रम अन्तर्गत बाँकेको खजुरा र राप्तीसोनारी गाउँपालिकाका २१ विपन्न परिवारलाई कुखुरापालनका […]