आजको मौसम : देशभर बदली हुने‚ केही प्रदेशमा भीषण वर्षाको सम्भावना

  ।   २०७८ श्रावण १८, सोमबार ०७:०४

काठमाडौं । आज प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भीषण वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भीषण वर्षाका कारण पहाडी भेगमा पहिरो सम्भावना र नदी तथा खोलाको तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले सोमबार बिहान देशका अधिकांश भू-भागमा सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भैरहेको छ। दिउँसो देशभर मौसम सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै‚ राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Next Post

एन्फाका सहायक महासचिव वसन्तराज अर्यालले दिए राजीनामा

२०७८ श्रावण १८, सोमबार ०७:०४
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव वसन्तराज अर्यालले पदबाट राजीनामा दिनुभएको छ । सहायक महासचिव अर्यालले आइतबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पत्र पठाउदै पदबाट राजीनामा दिनुभएको हो । सहायक महासचिव अर्यालले २०६६ माघ २६ को साधारणसभाले विधान संसोधन गर्दै मनोनित पदहरु खारेज गरेकोले उक्त पदमा […]

सम्बन्धित शीर्षक