एन्फाका सहायक महासचिव वसन्तराज अर्यालले दिए राजीनामा

  ।   २०७८ श्रावण १८, सोमबार ०७:०७

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव वसन्तराज अर्यालले पदबाट राजीनामा दिनुभएको छ ।

सहायक महासचिव अर्यालले आइतबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पत्र पठाउदै पदबाट राजीनामा दिनुभएको हो ।

सहायक महासचिव अर्यालले २०६६ माघ २६ को साधारणसभाले विधान संसोधन गर्दै मनोनित पदहरु खारेज गरेकोले उक्त पदमा रहन नैतिक संकट परेकोले पदबाट अलग हुने निर्णय गरेको बताउनु भएको छ ।

अर्याल मनोनयनबाट सहायक महासचिव पदमा एन्फाको कार्यसमितिमा आउनु भएको थियो । अध्यक्ष शेर्पाले मानार्थ अध्यक्ष टासी घले सहित १७ जनालाई कार्यसमितिमा मनोनित गर्नुभएको थियो ।

Next Post

अफगानिस्तानको कान्दाहार बिमानस्थलमा तालीवानी बिद्रोहीद्वारा रकेट हमला

२०७८ श्रावण १८, सोमबार ०७:०७
एजेन्सी । अफगानिस्तानको कान्दाहार बिमानस्थलमा तालीवानी बिद्रोहीले रकेट हमला गरेको छ । बिमानस्थल लक्षित गरी गरिएको रकेट हमलापछी सम्पुर्ण हवाई उडानहरु रद्द गरिएका छन् । तालीवानी बिद्रोहीले गरेको तीनवटा रकेट प्रहार कान्दाहारको बिमानस्थलको रनवेमा खसेको बुझिएको छ । हवाई उडान रद्द भएपछी सयौं यात्रु अलपत्र परेका छन् । अफगानिस्तानको तीन […]

सम्बन्धित समाचार