प्रेस सेन्टर नेपालगन्जको प्रथम बैठक संगै प्रशिक्षण

  ।   २०७८ चैत्र १०, बिहीबार २१:५३

नेपालगन्ज ।  प्रेस सेन्टर नेपालगन्ज शाखाले प्रथम बैठकका साथै प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उपमहानगर अध्यक्ष चन्द्र बोहराको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वाडाका ६९ जना सहभागीको उपस्थिति रहेको थियो ।
प्रेस सेन्टर नेपालगन्जका उपाध्यक्ष अमर शाहीको स्वागत मन्तव्य लगत्तै प्रेस सेन्टर लुम्बिनी प्रदेश सचीव आलम खानले पत्रकारिताको मुलमर्म र यसको समाजमा रहेको भूमिकाको बारेमा बताउनु भयो । सचीव खानले भन्नु भयो,´ आउनु होस्, हामी संगठन निर्माणमा लागौं । पत्रकारिताले समाजका खराव कुरा र प्रवृतिको चिरफार गरौं । यसका लागि बौद्धिक पत्रकार जगतको खाचो छ ।`  सामाजिक सन्जालको प्रयोगको बारेमा युवा उद्धमी गिरिराज भुसालले सिकाउनु भयो । उद्धमी भुसालले भन्नुभयो,´ सामाजिक संजाल जस्तै फेसबुक, इमो, वाटसेप, स्टाग्राम, टुइटर, टिकट र युट्युबले समाजमा पारेको प्रभर र यसलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्दै सहि सदुपयोगले समाज परिवर्तन गर्न सकिने बताउनु भयो । त्यस्तै प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट धितालले समाचार र सामाजिक संजालको व्यबहारिक प्रयोगका बारेमा प्रशिक्षण दिनु भयो । ४ बिषयमा स्नातकोत्तर र पत्रकारितामा विद्याबारिदी समेत गरिसक्नु भएका अध्यक्ष धितालले प्रोजेक्टरको माध्यम द्वारा हसाउदै समाजका लागि पत्रकार एना हुन, एउटा सानो शब्दले संसार परिवर्तन गर्न सक्छ भन्ने कुराबाट शुरु भएको प्रशिक्षण कार्यक्रममा सहभागीहरुले पटक पटक तालिबजाएर प्रशंसा दिए ।
कार्यक्रमका प्रमुख अतिथि उपमहानगर अध्यक्ष रतन बहादुर शाहीले सहि पत्रकारिताले समाज परिवर्तन गर्न सक्ने बताउनु भयो । अध्यक्ष शाहीले पत्रकार र समाज नङ र मासु भएकोले सामज सुधार्नु पत्रकारको दायित्व हो भन्दै प्रेस सेन्टरका सदस्यले साचो पत्रकारित गर्नु पर्ने कुरमा जोड दिनु भयो ।
प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेपालगन्ज उपमहानगर उपाध्यक्ष बसन्त मल्ल, तराबहादुर, रेग्मी खत्री, सचिव प्रेम शाह, सहसचिव नन्दलाल वैश्य, कोषाध्यक्ष कस्मिरा खातुन, नगर सदस्य, वडा अध्यक्ष, प्रेस सेन्टर बाँके कार्यवाहक सचिव केपि घिमिरे लगायत नेपालगन्ज उपमहानगर प्रेस सेन्टर सदस्यहरुको बाक्लो उपस्थिति थियो । प्रशिक्षण कार्यक्रमको समापन प्रेस सेन्टर नगर अध्यक्ष चन्द्र बोहराले प्रथम बैठकले सफलता पुर्वक प्रशिक्षण कार्यक्रम गर्न सकेकोले खुशी व्यक्त गर्नु भयो । कार्यक्रम सफल बनाउन भुमिका खेल्ने नगर पार्टी, प्रेस सेन्टर बाँके लगायत सहयोगी हातहरुलाइ धन्यवाद दिनु भयो ।
प्रशिक्षण कार्यक्रम लगत्तै प्रथम बैठकले नयाँ सदस्य मनोनीत गर्नुका साथै संगठनलाई क्रियाशिल बनाउन पत्रकारिता तालिम आयोजना गर्ने निर्यणय गरेको छ । जुझारु पत्रकार तयार गर्न पत्रकारिता पेसाको विकृतिलाई हटाउन प्रेस सेन्टर नेपालगन्ज, लागि पर्नु पर्ने जिल्ला अध्यक्ष धितालले बताउनु भयो । दुबै कार्यक्रमको संचालन उपमहानगर सचिव आकाश कसौधनले गर्नु भएको थियो ।

Next Post

नेकपा माओवादी केन्द्र खुजुराको प्रशिक्षण कार्यक्रम सम्पन्न

२०७८ चैत्र १०, बिहीबार २१:५३
    नेपालगन्ज । खजुरामा नेकपा माओबादी केन्द्रको भेला तथा प्रशिक्षण कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । नेकपा माओबादी केन्द्र खजुरा गाँउ किमिटीको आयोजनामा उक्त भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । नेकपा माओबादी केन्द्र खजुरा गाँउ कमिटि अध्यक्ष राजकुमार बिकको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य […]