बिद्धुत सट हुँदा एक घरमा आगलागी, ८५ लाख बराबरको क्षति !
नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य धितालले गरे सहयोगका लागि आपिल
जुम्ला । सिंजा गाउपालिका धिताल लिहिको सेरा बजारमा रहेको एक घरमा आगलागी भएको छ । करिव राती १० बजे बिजुलीको तार सर्ट भएर १३ कोठे घरमा आगलागी भएपछि करिव ८५ लाखको क्षेती भएको घरधनी मनप्रसाद धितालले बताउनु भयो ।
आगलागी भएको सो घरमा ३ परिवार भडाम बस्दै आएका थिए । अन्न, धनमाल, रुपैयाँ/पैसा समेत जलेर नस्टभएको घरधनी धितालले बताउनु भयो । आगो नियन्त्रणमा लिन आएका ६ जना गाउलेहरु घाइते भएका छन् । घाइते हुनेमा देविशर्म धिताल, जीवन रोकाए लगाएत दर्जनौ सामान्य घाइते भएका धितालले बताउनु भयो । घाइतेहरुलाइ स्वास्थ्य चौकी नराकोटमा उपचार गरिएको छ । १० बजे लागेको आगो १२ बजे पछि आधा घर नस्ट भएको अवस्थामा जानकारी पाएको घरधनी धितालले जनाउनु भयो ।
आगो नियन्त्रणमा लिन धिताल लिहि, आचार्य लिहि, नराकोटी र प्रहरी लाई हम्मेहम्मे परेको जनाइएको छ । राती १० बजे लागेको आगो बिहान ३ बजे तिर नियन्त्रणमा लिएको देविशर्म धितालले बताउनु भयो । आगलागी भएर घर नष्ट भएपछि नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य पुर्ण प्रसाद धिताले सामाजिक संजाल मार्फत सरकार लगाएत संघसंस्थालाई सहयोग गर्न आह्वान गर्नु भएको छ । उहाले भन्नुभयो “२०७८।२।२८ गते राती सिजा गापा ३ धिताललिही गाँउकाे सेरा बजारमा रहेकाे मनप्रसाद धितालकाे घरमा बिजुलीकाे तार सट भई अागलागि हुँदा घर जलि नस्ट भयकाे र उक्त घरमा बस्ने ३ परिवारकाे अन्नपात लुगालत्ता र नगद सहित धनमाल क्षेति भएकाे समाचारले स्तब्ध भएकाे छु । समयमै गाँउलेहरु र नराकाेट प्रहरी चाैकिबाट प्रहरीहरु पुगेर रातभरि कडा मिहनतका साथ आगाे निभाउदा मानवीय क्षति हुन पाएन छ। उद्वारकार्यमा जुट्ने जनसमुदाय र प्रहरी प्रति हार्दिक आभार ब्यक्त गर्दछु । अग्नि पिडितहरु प्रति हार्दिक सहानुभूति प्रकट गर्दै राहत तथा पुनःस्थापनाकालागि सरकार, सँघ सँस्था र उच्च मानवीय भावना भयका महानुभावलाई विनम्र आग्रह गर्दछु ।”
यसरी क्षेती भएको अवस्थामा त्यसतर्फ राज्य पक्षको ध्यान जानू जरुरी देखिन्छ । जुम्ला जस्तो बिकट क्षेत्रमा आगलागी हुदा नष्ट भएको धनमाल लगाएत ८५ लाख बराबरको क्षेती हुनु सामन्यकुरो होइन गाउकै जानकारहरु बताउछन् ।