२५ लाख फिरौती माग्ने एक पक्राउ

  ।   २०८० कार्तिक १४, मंगलवार १९:३२

चितवन । चितवन प्रहरीले अपहरण गरी ज्यान मार्ने धम्की दिई २५ लाख रुपैयाँ रकम माग गर्ने एक जनालाई पक्राउ गरेको छ ।

अपहरण गरी ज्यान मार्ने तथा २५ लाख रुपैयाँ माग गरेको आरोपमा हेटौडा उपमहानगरपालिका २, मकवानपुर स्थायी घर भई हाल भरतपुर महानगरपालिका ९ बस्ने वर्ष ५५ बर्षिय रामचन्द्र थापालाई पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ ।

थापाले भरतपुर महानगरपालिका १ का सोमराज सुवेदीलाई अपरिचित एनसेलको सिम प्रयोग गरेर बारम्बार फोन गर्ने गरेको तथा हिन्दी भाषाको प्रयोग गरी निज सोमराज र उनको छोरालाई अपहरण गरेर सुट गरी हत्या गर्छु भन्दै २५ लाख रुपैयाँ रकम माग गर्ने गरेको तथा पटकपटक धम्की दिने गरेको प्रहरीले जनाएको छ ।

थापालाई प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहको कमाण्डमा खटिएको बिशेष प्रहरी टोलीले विभिन्न प्रविधिको प्रयोग गर्दै सोमबारका दिन भरतपुर महानगरपालिका १० मालपोत चोक स्थित रकम माग गर्दै गरेको अवस्थामा नै फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

थापा यसअघि पनि विभिन्न अपराधिक घटनामा संलग्न रहेको प्रहरीले बताएको छ । थापा विरुद्ध २०६६ जेठ २७ गते चोरी सम्बन्धि कसुरमा चितवन प्रहरीमा मुद्दा दर्ता भएको, २०६६ असार ३ गते अवैध हतियार देखाई डाँका कसुरमा मुद्दा दर्ता भएको, २०७३ बैशाख २२ गते प्रहरी बृत्त सातदोबाटो ललितपुरमा लागूऔषध सम्बन्धि कसुरमा मुद्दा दर्ता, २०७५ मंसिर १३ गते चितवन प्रहरीमा डाँका सम्बन्धि कसुरमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

चितवन जिल्ला अदालतबाट डाँका मुद्दामा ९ बर्ष कैद सजाए पाएर कारागार कार्यालय भरतपुर चितवनमा कैदी जीवन बिताइरहेका थापा २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा ४ बर्ष ६ महिना ३ दिन कैद भुक्तान गरी कारागारबाट बाँकी कैद आम माफी पाई छुटेको प्रहरीले जनाएको छ ।

Next Post

मुख्यमन्त्री कोहलपुर गोल्ड कपको मुख्यमन्त्री चौधरीले उद्घाटन गर्दै

२०८० कार्तिक १४, मंगलवार १९:३२
नेपालगन्ज । आजदेखि सञ्चालन हुन लागेको ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप खेलकुद प्रतियोगिता—२०८०’ को उद्घाटन खेल आज आयोजक र चर्च व्वाइजविच हुने भएको छ । कोहलपुर २ स्थित तेह्र बिगाहमा आजदेखि कार्तिक २२ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नारासहित सञ्चालन हुन गइरहेको ‘मुख्यमन्त्री […]

सम्बन्धित समाचार