मुख्यमन्त्री कोहलपुर गोल्ड कपको मुख्यमन्त्री चौधरीले उद्घाटन गर्दै

  ।   २०८० कार्तिक १५, बुधबार ११:०४

नेपालगन्ज । आजदेखि सञ्चालन हुन लागेको ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप खेलकुद प्रतियोगिता—२०८०’ को उद्घाटन खेल आज आयोजक र चर्च व्वाइजविच हुने भएको छ । कोहलपुर २ स्थित तेह्र बिगाहमा आजदेखि कार्तिक २२ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नारासहित सञ्चालन हुन गइरहेको ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप खेलकुद प्रतियोगिता—२०८०’ को पहिलो दिन उद्घाटन खेल आयोजक टिम कोहलपुर रेसिङ्ग सहारा क्लब कोहलपुर र चर्च व्वाइजविच हुने खेल संयोजक रामबहादुर मल्लले जानकारी दिनुभयो । उद्घाटन खेल करिब २ बजेबाट सुरु हुनेछ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीद्वारा आज बिहान ११ बजे ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप खेलकुद प्रतियोगिता—२०८०’ को उद्घाटन हुँदै छ । प्रतियोगितामा अफ्रिकन राष्ट्र क्यामरुन, विभागीय क्लबसहित ए डिभिजनका ८ वटा क्लबहरू सहभागी हुनेछन् । जसमा चर्च व्वाईज यूनाईटेड काठमाडाै‌, गोर्खा व्वाईज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडाै, कोहलपुर रेसिङ्ग सहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, एभिनियर एफ.सी. क्यामरुन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टिम सहभागी हुनेछन् । प्रतियोगिताको विजेतालाई ८ लाख रुपियाँ र उपविजेता लाई ४ लाख रुपियाँसहित ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा अस्थायी घुम्ती शौचालय, पिउने पानी, वृद्ध तथा अपाङ्गहरूको लागि छुट्टै बस्ने व्यवस्थापन गरिएको र प्रत्येक खेलाडीको ५ लाखको बिमा पनि गरिएको खेल संयोजक मल्लले जानकारी दिनुभयो ।

करिब ३ हजार दर्शकले खेल अवलोकन गर्न मिल्ने गरी प्यारा फिट निर्माण गरिएको र ग्राउन्डमा पनि करिब ५ हजारदेखि ८ हजारसम्म दर्शकले गोल्ड कपको अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको फिल्ड तथा मञ्च व्यवस्थापन समिति संयोजक इन्द्र गुरुङले जानकारी दिनुभयो ।

फुटबल अवलोकनका लागि प्यारा फिटमा बसेर हेर्नका लागि एक सय रुपियाँ र ग्राउन्डमा बसेर हेर्नका लागि ५० रुपियाँको टिकट काटेर प्रवेश गर्नुपर्ने र यसका लागि दुई वटा टिकट काउन्टरको व्यवस्था गरिएको टिकट व्यवस्थापन समितिका संयोजक सन्तोष मल्ले जानकारी दिनुभयो ।

गोल्ड कपको अवधिभर सुरक्षा व्यवस्थाका लागि ५० जना सेक्यूरेटीको व्यवस्था मिलाइएको र ५० जना स्वयंसेवकको पनि व्यवस्था मिलाइएको सुरक्षा व्यवस्थापन समिति संयोजक यमबहादुर गैरेले जानकारी दिनुभयो ।

Next Post

एक हजार २० जना सेवाग्राहीबाट एक करोड २३ लाखभन्दा बढी बक्यौता रकम असुल

२०८० कार्तिक १५, बुधबार ११:०४
नेपालगन्ज । लुम्बिनी प्रदेशअन्तर्गत नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लामा चार दिनको अवधिमा २१ सय बढी सेवाग्राहीको विद्युत् लाइन काटिएको छ भने एक करोडभन्दा बढी बाँकी बक्यौता रकम असुल भएको छ । गत आइतबारदेखि सञ्चालन गरिएको लाइन काट्ने अभियानअन्तर्गत लुम्बिनी प्रदेशका विभिन्न ६ जिल्लाका दुई […]