बाँकेमा कोरोना संक्रमित संख्या तीन हजार पाँच सय २२ पुग्यो

  ।   २०७७ कार्तिक २७, बिहीबार १९:२३

बाँके । जिल्लामा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या तीन हजार पाँच सय २२ पुगेको छ । बिहीबार थप ३१ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।

त्यस्तै गएको २४ घण्टामा ४४ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या तीन हजार एक सय ९४ पुगेको छ ।

अब बाँकेमा दुई ९२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेको बाँके जिल्ला कोरोना सम्पर्क व्यक्ति नरेश बाबु श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै गएको २४ घण्टामा एक जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको छ ।

बाँकेमा बिरामी निको हुने दर ९०.६९ प्रतिशत, मृत्यु दर १.०२ प्रतिशत र रोगको प्रकोप दर ०.५९ प्रतिशत रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेले जनाएको छ ।

Next Post

यसरी सम्पन्न भयो ५ दिने आधारभूत पत्रकारिता तालिम

२०७७ कार्तिक २७, बिहीबार १९:२३
नेपालगन्ज । नेपालगन्ज स्थित नारिविकास केन्द्रको हलमा ५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमशेर राणाको एक महिनाको तलव भत्ताले युथ टुडे मिडिया नेटवर्कले आयोजना गरेको तालिम भव्यरुपमा सम्पन्न भएको प्रालिका प्रवन्धक तथा प्रधान सम्पादक आलम खानले बताउनु भयो । तालिम समापन कार्यक्रमको […]