नेपालगन्ज । नेपालगन्ज स्थित नारिविकास केन्द्रको हलमा ५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमशेर राणाको एक महिनाको तलव भत्ताले युथ टुडे मिडिया नेटवर्कले आयोजना गरेको तालिम भव्यरुपमा सम्पन्न भएको प्रालिका प्रवन्धक तथा प्रधान सम्पादक आलम खानले बताउनु भयो ।
तालिम समापन कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका मेयर डा. राणाले मूल धर्म भुलेर गरिने पत्रकारीताले ब्यावसायीक पत्रकारहरु समेतलाई बदनाम गर्न थालेको चिन्ता व्यक्त गर्नु भयो । डा. राणाले सहभागी प्रशिक्षार्थी पत्रकारहरूलाई सम्बोधन गर्दै भन्नुभयो,” सत्यतथ्य समाचार संकलन गर्नुहोला । अनावश्यक मानिसहरूलाई दु:ख दिनु भन्दा पनि पत्रकारिताको धर्म निभाउनु होला । “
कार्यक्रममा अन्य अतिथि प्रशिक्षक तथा प्रेस संगठन बाँके सम्योजक डक्ट धिताल, राप्रपा केन्द्रीय सदस्य ऋषि राज देवकोटा, जिल्ला अध्यक्ष नरेन्द्र न्यौपाने, कार्यक्रम अध्यक्ष खान लगाएतले पत्रकारिता तालिमका सहभागिहरुलाइ उत्साह दिनुभयो । आधारभूत पत्रकारिता तालिममा २९ जना प्रशिक्षार्थीहरु थिए ।