दुई दिने बाल संरक्षण प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

  ।   २०७७ चैत्र २८, शनिबार २१:३३

समाचारदाता
नेपालगन्ज, चैत २८ । बाँके युनेस्को क्लब र सामाजिक सरोकार मंच स्याक बर्दियाको संयुक्त आयोजनामा २ दिने बाल संरक्षण प्रशिक्षक प्रशिक्षण तालिम नेपालगञ्जमा शनिवार सम्पन्न भएको छ ।

प्लान इन्टरनेसनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा बाँके युनेस्को क्लब र सामाजिक सरोकार मंच स्याक बर्दियाद्वारा संचालित सो प्रशिक्षक प्रशिक्षण ताालिममा युवा रोजगार तथा उद्यमशिलता परियोजना अन्तर्गतका १५ जनाको सहभागिता रहेको थियो ।

युवा रोजगार तथा उद्यमशिलता परियोजना अन्तर्गत बाँकेमा १०० र बर्दियामा २३० जना स्पोन्सर बालबालिकाको परिवारका १८ देखि २४ वर्षका युवा महिलालाई उनीहरुको क्षमता र इच्छा अनुसारको व्यवसाय संचालनको लागि यस परियोजना अन्तर्गत सहयोग गरि व्यवसाय स्थापना गर्ने उदेश्यका साथ यो परियोजना संचालन गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

उहाँका अनुसार तालिम प्राप्त प्रशिक्षकहरुले तालिम पश्चात बाँके र बर्दियाका ३३० जना युवा र महिलालाई बाल संरक्षण, मानव बेचबिखन लागायतको बिषयमा तालिम प्रदान गर्ने छन् ।
सो तालिममा प्लान इन्टरनेसनल नेपालकी प्रोटेक्सन संयोजक दुर्गा क्षेत्रिले सहजीकरण गर्नु भएको थियो भने समापन कार्यक्रममा स्याक नेपालका अध्यक्ष शिव लाल पाण्डेको उपस्थती रहेको थियो ।

कार्यक्रममा बाँके युनेस्को क्लबका परियोजना अधिकृत अनुप बर्मा, अनुगमन तथा मुल्यांकन अधिकृत इन्दु ओझा र स्याक नेपालका परियोजना अधिकृत सन्तोष पराजुलीको पनि उपस्थिति रहेको थियो ।

Next Post

जिभिएन कलेज नेपालगन्जमा  कानुन विषय लिएर पढ्ने विद्यार्थीहरुद्वारा गण्डकी प्रदेश भिजिट

२०७७ चैत्र २८, शनिबार २१:३३
बाँकेको नेपालगन्जमा रहेको जिभिएन कलेजमा प्लस टुमा ल विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुले गण्डकी प्रदेश पोखरामा केही मन्त्रालय र  अदालत भिजिट गरेका छन् । भिजिटका क्रममा  गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालय,आर्थिक मामिला तथा योजना मन्त्रालय ,आन्तरिक मामिला तथा कानुन मन्त्रालय,  मुख्यमन्त्री कार्यालय कि सचिब ईन्दु घिमिरे संग ज्ञानोदय विध्या निकेतन कक्षा […]