डोटीमा एक महिनाको अवधिमा ३० जनामा स्क्रब टाइफस देखियो

  ।   २०७७ भाद्र २२, सोमबार ०६:३५

डोटी । डोटीमा एक महिनाको अवधिमा ३० जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् ।

जिल्ला अस्पताल डोटीका अनुसार गएको साउन २० गतेदेखि भदौ २० गतेसम्म गरिएको जाँचका क्रममा ३० जना स्क्रब टाइफसका बिरामी भेटिएका हुन् ।

सङ्क्रमण देखिएकामध्ये केहीमा जटिल समस्या देखिएका कारण आईसीयू आवश्यक पर्ने भएकाले जिल्लाबाहिरका सुविधा सम्पन्न अस्पतालमा थप उपचारका लागि रेफर गरिएको जिल्ला अस्पताल डोटीका एमडीजीपी डाक्टर प्रमोद भट्टले बताउनुभयो ।

‘सङ्क्रमण देखिएका केही बिरामीमा जटिल समस्या देखिएको छ, थप उपचारका लागि जिल्लाबाहिर पठाएका छौँ, केहीको जिल्लामै उपचार भइरहेको छ’, उहाँले भन्नुभयो ।

स्क्रब टाइफसका बिरामीको सङ्ख्या बढ्दै गएपछि यसबाट बच्न सकिने उपायका बारेमा स्वास्थ्य कार्यालय डोटीमार्फत जनचेतना फैलाउने कार्य भइरहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो । उज्यालो अनलाइन

Next Post

भारतको हिमाञ्चल प्रदेशका धार्मिक स्थल बिहीबारदेखि खुल्ने

२०७७ भाद्र २२, सोमबार ०६:३५
एजेन्सी । भारतको हिमाञ्चल प्रदेशका धार्मिक स्थलहरु आउँदो बिहीबारदेखि खुल्ला हुने भएका छन् । कोरोना सङ्क्रमण नियन्त्रणका लागि गरेको लकडाउनका कारण पाँच महिनादेखि बन्द रहेका धार्मिकस्थलहरु बिहीबारदेखि खोल्न लागेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । मन्दिर तथा अन्य धार्मिक स्थलमा प्रवेश गर्ने र निस्कन बाटो फरक(फरक हुने, मन्दिरमा दूरी कायमलगायत स्वास्थ्य […]