प्रदेश ५ मा अक्सिजनसहितका ८० वटा आइसोलेसन बेड थपिँदै

  ।   २०७७ भाद्र १०, बुधबार १६:५८

बुटवल । लक्षणसहितका बिरामी बढेपछि प्रदेश ५ का कोरोना विशेष अस्पतालमा अक्सिजनसहितका आइसोलेसन बेड (हाइडिपेन्डेन्सी युनिट) थपिने भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले ४ वटा कोरोना विशेष अस्पतालमा रहेका ८० वार्डलाई अक्सिजनसहितका आइसोलेसन बेडमा परिणत गर्न लागेको मन्त्रालयका सूचना अधिकृत डा। पुष्पराज पौडेलले बताए ।

अक्सिजनसहितका आइसोलेसनमा कडा लक्षणसहितका संक्रमितलाई नियमित अक्सिजन थेरापी र निगरानीमा राखिने बताइएको छ । त्यसबाट निको नहुने विरामीलाई आईसीयूमा लगिने डा. पौडेलले बताउनुभयो । त्यसका लागि थप आईसीयू कक्ष र जनशक्तिसमेत सिफारिस गरेको उहाँले बताउनुभयो ।

मन्त्रालयका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको बुटवल कोरोना विशेष अस्पतालमा कुल ५४ बेड रहनेछन् । त्यसमा १८ आईसीयू, अक्सिजनसहितका २०आइसोलेसन र १६ सामान्य आइसोलेसन बेड रहनेछन् । जसमा ९ विशेषज्ञ चिकित्सक, १७ मेडिकल अफिसर र १ सय १४ नर्सिङ स्टाफसहित १ सय ७८ जनाको टोली खटिनेछ ।

रुपन्देहीकै भैरहवास्थित भीम अस्पताल भैरहवामा २७ बेड रहनेछन् । जसमा ५ आईसीयू, अक्सिजनसहितका १३ आइसोलेसन र ९ सामान्य आइसोलेसन बेड रहनेछन् । अस्पतालमा ६ विशेषज्ञ चिकित्सक, १५ मेडिकल अफिसर र ४३ नर्सिड। स्टाफसहित ८४ जनाको टोली खटिनेछ ।

दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा १ सय १३ बेड रहनेछन् । जसमा १० आईसीयू, अक्सिजनसहितका १७ आइसोलेसन र ८५ सामान्य आइसोलेसन बेड रहनेछन् । अस्पतालमा १२ विशेषज्ञ चिकित्सक, ३५ मेडिकल अफिसर र ६९ नर्सिड। स्टाफसहित १ सय ३७ जनाको टोली खटिनेछ ।

यस्तै नेपालगन्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा ६० बेड रहनेछन् । जसमा १० आईसीयू, अक्सिजनसहितका ३० आइसोलेसन र २० सामान्य आइसोलेसन बेड रहनेछन् । अस्पतालमा १२ विशेषज्ञ चिकित्सक, २६ मेडिकल अफिसर र ९४ नर्सिड। स्टाफसहित १ सय ५४ जनाको टोली खटिनेछ ।

जनशक्तिसहितको सिफारिस मन्त्रिपरिषदले स्वीकृत गरेपछि लागू हुने सूचना अधिकारी पौडेलले बताउनुभयो । प्रदेशमा ५ हजार ७ सय ५१ संक्रमितमध्ये लक्षणसहितका १ सय २५ जना छन् । कान्तिपुर

Next Post

कोहलपुरमा निषेधाज्ञा खुकुलो पारे संगै पसल खोल्न पाइने कुन बार कुन ? ( सुचिसहित)

२०७७ भाद्र १०, बुधबार १६:५८
बाँके । कोहलपुर नगरपालिकाले लकडाउन खुकुलो पार्दै बार अनुसार पसल खोल्न पाउने ब्यबस्था गरेको छ । बुधबार कोहलपुर नगरपालिकामा बसेको सर्वपक्षिय बैंठकले कोहलपुरमा लागु गरिएको निषेधाज्ञा खुकुलो गर्ने निर्णय संगै सो नियम लागू गर्ने भएको हो । तीन हप्ता निषेधाज्ञा गरेको कोहलपुर नगरपालिकाले बिकल्पाका रुपमा पसल खोल्ने नया उपाए रचेको […]